एलोभेरा र प्याजको हेयर मास्कले कपाललाई बनाउँछ बाक्लो र लामो
काठमाडौं । गर्मी मौसममा कपालमा धेरै समस्या देखिने गर्छ । पसिना टाँसिएको कपाल झर्ने र दुर्गन्ध आउने समस्या हुने गर्दछ । कपाल टुक्रिने र झर्ने गर्दा कपालको सौन्दर्य घट्न थाल्छ । कपालको यो समस्याबाट छुटकारा पाउनको लागि कपालको हेरचाह गर्दा प्याज र एलोभेरा समावेश गर्न सक्नुहुनेछ । यसले कपाललाई बाक्लो र लामो बनाउने काम गर्दछ ।
प्याज र एलोभेरा दुवै एकसाथ प्रयोग गर्दा राम्रो नतिजा आउँछ। तपाईंको कपालको चमकिलो र बलियो बनाउनुका साथ साथै एलोभेरा र प्याजबाट बनाइएको यो मास्कले कपालको वृद्धि धेरै गुणा छिटो बढाउन पनि प्रभावकारी साबित गर्दछ । आउनुहोस् प्याज र एलोभेरा हेयर मास्कका विभिन्न फाइदाहरू थाहा पाउनुहोस् ।
प्याज र एलोभेरा हेयर मास्क कसरी बनाउने ?:
–प्याज काटेर मिक्सरमा पिस्नुहोस्।
–यसलाई कचौरामा निकालेर मलमलको कपडाले छान्नुहोस्।
–प्याजको रसमा एलोभेरा जेल हाल्नुहोस् र राम्रोसँग मिलाउनुहोस्।
–यस मिश्रणलाई कपालमा लगाउनुहोस् र आफ्नो औंलाहरूले मसाज गर्नुहोस्।
–यो हेयर मास्कलाई कपालमा आधा घण्टासम्म छोड्नुहोस्।
–त्यसपछि माइल्ड स्याम्पुले कपाल धुनुहोस्।
–प्याजले कपाल टुक्रिन र झर्न रोक्छ । प्याजमा प्रशस्त मात्रामा सल्फर पाइन्छ। जसले कपालको प्रोटिन बढाउन मद्दत गर्छ । कपालको प्रोटिनमा केराटिन हुने गर्दछ । कपालमा लगभग ६५ देखि ९५ केराटिन हुन्छ । यसका साथै प्याजले कपालको नयाँ कोशिका बनाउन र बिग्रिएको कपाल मर्मत गर्ने पनि काम गर्दछ । कपाललाई स्वस्थ बनाउन प्याज प्रभावकारी हुने गर्दछ ।
–प्याजले कपालको फोलिकललाई पोषण प्रदान गर्दछ। प्याजको रस वा प्याजको तेल कपालमा लगाउँदा टाउकोमा रक्तसञ्चार राम्रो हुन्छ । जसले गर्दा कपालको फोलिकल्स स्वस्थ रहन्छ र कपाललाई बढी पोषण मिल्छ । यसले कपाललाई नरम र चम्किलो बनाउँछ।
–प्याजले कपाल र्झन कम गर्दछ । प्याजमा एन्टिअक्सिडेन्ट कम्पाउन्ड हुन्छ। जसले फ्री रेडिकलको गतिविधिलाई रोक्छ। फ्री रेडिकलहरू प्रतिक्रियाशील अणुहरू हुन्। जसले कपालका कोशिकाहरू र कपालको फोलिकल्सलाई कमजोर बनाउँछ। यसले अक्सिडेटिभलाई बढाउँछ र कपाललाई क्षति पुर्याउँछ। कहिलेकाहीँ तिनीहरूले टाउकोमा विभिन्न प्रकारको घाउ खटिर पनि बनाउन सक्छ, जसको कारण कपाल बढ्न रोक्छ।
–कपाललाई सधैं सफा राख्नुहोस् । प्याजमा एन्टी–माइक्रोबियल गुण हुन्छ। जसले टाउकोको डन्डीफोर वा कुनै पनि प्रकारको संक्रमणलाई हटाउँछ। यसको प्रयोगले जुम्रा पर्ने समस्या पनि हराएर जान्छ ।
एलोवेराको फाइदा
एलोभेरा जेलमा धेरै औषधीय गुणहरू छन्। जसले कपालको धेरै समस्याहरू हटाउन मद्दत गर्दछ। यसमा प्रशस्त मात्रामा आर्द्रता हुन्छ, जसले कपाललाई नरम बनाउन मद्दत गर्छ। यस बाहेक यसमा धेरै भिटामिन, मिनरल्स, एन्जाइम, एन्टिअक्सिडेन्ट पाइन्छ जसले कपाल लामो र बलियो बनाउन मद्दत गर्छ।
Facebook Comment