यी ५ तरकारीले घटाउँछ ‘उच्च कोलेस्ट्रोल’
काठमाडौं । शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढ्यो भने हृदयघात, उच्च रक्तचाप, कोरोनरी आर्टरी डिजिज र ट्रिपल भेसल डिजिजजस्ता ज्यान जोखिममा पार्ने रोग लाग्ने खतरा हुन्छ। हामी प्रायः यस्तो आहार लिन्छौं जसमा तेलको मात्रा बढी हुन्छ। जसका कारण रक्तनलीमा अनावश्यक बोसो बढ्छ । आज हामी यस्ता ५ तरकारीको बारेमा बताउछौँ, जसलाई खाँदा शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम हुन थाल्छ ।
बैंगन– बैंगन वा भान्टा कतिपयलाई बैगन वा भेण्टा धेरै नै मनपर्छ कतिपय भने यो तरकारी खाँदै खाँदैनन् । हाम्रो स्वस्थ्यका लागी बहुमुखी बहुगुणकारी तरकारीमा पर्दछ भान्टा । भाण्टा विभिन्न रंग र आकारमा उपलब्ध हुन्छ । यसमा प्रचुर मात्रामा पोषण तत्व पाइनुका साथै एन्टी अकसीकरणरोधी तत्व अकसीडेन्ट पनि पाइन्छ । यसमा क्यालोरी कम हुन्छ र घुलनशील फाइबर उच्च हुन्छ। त्यसैले यो तरकारीलाई कम कोलेस्ट्रोलयुक्त आहारमा समावेश गरिन्छ। शारीरिक तौल स्थीर कायम राख्न भान्टाले सघाउ पुर्याउँछ ।
प्याज– तरकारीको स्वाद बढाउन प्याजको प्रयोग गरिन्छ । यो फाइबर र कम क्यालोरीयुक्त खानेकुराको प्रचुर स्रोत हो। यसलाई सलादको रूपमा प्रयोग गर्ने हो भने रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ। प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । प्याजले शरीरमा भीटामिनको पूर्ति गर्नुका साथै रोगप्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ।
भिण्डी – लेडी फिंगर वा भिण्डी हाम्रो भान्छामा प्राय प्रयोग हुने तरकारी हो। यसमा धेरै मात्रामा घुलनशील फाइबर पाइन्छ। साथै यो कम क्यालोरी भएको आहार हो, जसका कारण कोलेस्ट्रोल नियन्त्रण गर्न सजिलो हुन्छ । भिण्डीमा शरीरका लागि लाभदायक हुने विभिन्न खनिज तत्वहरु पाइने गर्दछ। यसमा पाइने गुणकारी तत्वहरुले शरीरको अनावश्यक तौल घटाउनदेखि लिएर मुहारमा चमक तथा चाउरीपना कम गर्न मद्दत गर्दछ। भिण्डीमा पाइने पेक्टिनका कारण यसले शरीरको कोलेस्ट्रोललाई घटाउन मद्दत गर्दछ।
लसुन– लसुनमा एन्टी–हाइपरलिपिडेमिया गुणहरू पाइन्छ। जसले हाम्रो नसामा खराब कोलेस्ट्रोलको स्तर घटाउँछ र राम्रो कोलेस्ट्रोलको स्तरलाई पनि सुधार गर्छ। यसको प्रभाव तातो छ, त्यसैले गर्मी मौसममा यसलाई सीमित मात्रामा खानुहोस्। लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ । लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशतसम्मले कम हुन्छ । लसुनले नसाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
सिमी– सिमी खाँदा शरीरमा खराब कोलेस्ट्रोलको मात्रा कम हुन थाल्छ। त्यसैले यसको नियमित सेवन आवश्यक हुन्छ । वास्तवमा, सिमीमा कोलेस्ट्रोल कम गर्ने गुण हुन्छ।
Facebook Comment