घोराही चेम्बरका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न
दाङ । घोराही चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरूको एक कार्यक्रम विच पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। तिन वर्षे कार्यकालका लागि दुर्लभ केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष केसीलाई निर्वाचन अधिकृत प्रदीप गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने अध्यक्ष केसीले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
व्यवसायीक हकहितका पक्षमा निरन्तर लागिरहेको घोराही चेम्बर अफ कमर्सले आगामी दिनहरुमा पनि सकारात्मक कार्यको थालनी लाई प्राथमिकतामा राखेर काम गरोस भन्ने शुभकामना कार्यक्रममा वोल्ने वक्ताहरुले दिएका थिए । घोराही चेम्बरकी निवर्तमान अध्यक्ष मन्जु वज्राचार्यले सहकार्य वाट नै सफलता प्राप्त हुने वताउदै सहमति, सहकार्य र एकता वाटै व्यवसायीक हकहितका पक्षमा काम गर्न सकिने वताईन ।
नयाँ कार्यसमितिको कार्यकाल सफलताको कामना गर्दै वज्राचार्यले आफु सदैव घोराही चेम्बरको पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरे । नवनिर्वाचित अध्यक्ष दुर्लभ केसीले सवैको सल्लाह सुझाव अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गर्दै उधोगी , व्यापारी व्यवसायीको हकहितका पक्षमा काम गर्ने वताए । निर्वाचन अधिकृत प्रदीप गौतमले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै कार्यकाल सफलताको कामना गरे ।
दुर्लभ केसी अध्यक्ष, शरद खनाल वरिष्ठ उपाध्यक्ष, विमल श्रेष्ठ उपाध्यक्ष, विपीन श्रेष्ठ उपाध्यक्ष, प्रदिप सुवेदी उपाध्यक्ष,रजिन उल्लाह खान महासचिव,चेतन वस्नेत सचीव, लक्ष्मी गिरी थापा कोषाध्यक्ष र गजेन्द्र वर्मा सह कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। त्यसैगरी सदस्य पदमा पदम नेपाली,सनम केसी,मुकेश डिसी,प्रविन्जमान श्रेष्ठ,दिपा डिसी, मेघराज रजौरे, प्रेम शर्मा,सुदन डागी र सरीता गिरी निर्वाचित भएको निर्वाचन अधिकृत प्रदीप गौतमले वताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मन्जु वज्राचार्यले मायाको चिनो प्रदान गरेका थिए भने निर्वाचन अधिकृत गौतमले निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । घोराही चेम्बर अफ कमर्सकी निवर्तमान अध्यक्ष मन्जु वज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निवर्तमान महासचिव विमल श्रेष्ठले गरेका थिए ।
Facebook Comment