कम्युनिष्ट नेतृत्वको सरकारले कामै नगरेको काँग्रेसको आरोप

डिसी नेपाल
२४ साउन २०७५ १३:१९

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले कामै नगरेको आरोप लगाएका छन्। उनले आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न पनि गरे।

बिहीबार २४ औं विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेशवादी दलहरु सत्ताको लोभमा फँस्दा पनि नेपालमा मधेशी जनताको मुक्ति सम्भव नभएको आरोप पनि लगाए।

मधेशको विरोधी भनेर विरोध गर्नेहरु अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको वरिष्ठ नेता पौडेलको आरोप छ। काँग्रेस नेता पौडेलले आफ्नो पार्टी द्वन्द्व मेटिने गरी सबै जातजातिहरुको पहिचान स्थापित गराउने पक्ष दृढतापूर्वक उभिरहेको दावी पनि गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेशीहरुलाई अधिकार प्राप्तीका लागि एकतावद्ध भएर अघि बढन आह्वान गरे। आदिवासी, जनजाति, मधेशीलगायतका जनताहरु एकतावद्ध नभएका कारण उनीहरुले उत्पीडन व्यहोर्नु परेको उनको तर्क थियो।

नेता महतोले जनतालाई अधिकार सम्पन्न बनाउन शोषित पीडित समुदायले अधिकार प्राप्तीको आन्दोलनलाई अघि बढाउन बलियो एकतामा जोड दिनुपर्ने पनि स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *