खाजामा ‘क्रिस्पी आलु रोटी टोस्ट’ यसरी बनाउनुहोस्
काठमाडौं । हरेक दिन बिहानको खाजामा के बनाउने चिन्ता सबैलाई हुने गर्दछ । धेरै मानिसहरु राती सुतेर बिहानको खाजा के बनाउने भन्ने निर्णय गर्छन् भने केही मनिस भने बिहान उठेरपछि समय र भोकअनुसार ब्रेकफास्ट तय गर्छन् । समग्रमा, यो एक ठूलो काम हो, जहाँ हरेक दिन एक फरक स्वाद प्राप्त गर्न मस्तिष्कसंग संघर्ष गर्नुपर्छ।
आज हामी तपाईलाई क्रिस्पी आलु ब्रेड टोस्टको रेसिपीका बारेमा बताउँदैछौं । छिटो र सजिलो तरिकाले यो ब्रेकफास्ट रेसिपी तयार गर्न सकिन्छ। क्रिस्पी आलु ब्रेड टोस्टको मीठो, पिरो अमिलो स्वादले तपाईंलाई नयाँ प्रकारको खाजाको विकल्प दिनेछ । तपाईंले धेरै स्यान्डविच खानुभएको हो, तर यो क्रिस्पी स्यान्डविचको स्वाद तिनीहरू भन्दा धेरै फरक र नयाँ हुनेछ।
क्रिस्पी आलु रोटी टोस्ट बनाउनका लागि चाहिने सामग्री
ब्रेड – ८ टुक्रा
आलु – ३ ओटा (मध्यम आकार)
प्याज – १ (सानो सानो पिसमा काटेको)
टमाटर – १ (सानो सानो पिसमा काटेको)
क्याप्सिकम – १ (सानो सानो पिसमा काटेको)
चाट मसाला – १ चम्मच
जीरा पाउडर – १ चम्मच
लसुन – 3 पोटी
हरियो खुर्सानी – २ वटा (सानो सानो पिसमा काटेको)
टमाटर सस – 2 चम्मच
तामारिन्ड सस – 2 चम्मच
जीरा – चम्चा
आलु भुजिया सेभ – 2 चम्मच
हरियो धनियाँ – 2 चम्मच
तेल – 4 चम्मच
नुन – स्वाद अनुसार
क्रिस्पी आलु रोटी टोस्ट कसरी बनाउने ?
उमालेको आलु छोडाएर हातले मज्जाले थिच्नुहोस् । एउटा प्यानमा १ चम्चा तेल तताउनुहोस् र जीरालाई फुर्याउनुहोस् । अब यसमा काटेको लसुन र हरियो खुर्सानी हाल्नुहोस्। लसुन र हरियो खुर्सानी हालेपछि त्यसमा थोरै प्याज र काटेको क्याप्सिकम हाल्नुहोस् । प्याज र क्याप्सिकम भुटेपछि त्यसमा उमालेको आलु हालेर चलाउनुहोस् । आलुमा जीराको धुलो र नुन हालेर राम्ररी चलाउनु होस् । यो सबै एकछिन् पकाउनुहोस् र ग्यास बन्द गर्नुहोस्।
ब्रेडमा पिसेको हरियो धनियाँ लगाउनुहोस् र भुटेको आलुलाई राख्नुहोस्। त्यसमाथि अर्को रोटी राख्नुहोस्। ग्याँसमा प्यान बसाल्नुहोस् । र थोरै तेल लगाउनुहोस् । तल तातिएपछि अघि तयार परिएको ब्रेड राख्नुहोस् । बे्रडलाई दुबै तर्फ मज्जाले क्रिस्पी हुने गरि तताउनुहोस् । बे्रटलाई प्लेटमा राख्नुहोस् र बीचबाट काट्नुहोस्। अब टमाटर र इमलीको सस लगाउनुहोस् । ब्रेडमा टोस्टमा प्याज, टमाटर, चाट मसाला र आलु भुजियाले गार्निस गर्नुहोस् । तयार भयो क्रिस्पी आलु रोटी टोस्ट । अब परिवार साथीभाईसंग तातो–तातो क्रिस्पी आलु रोटी टोस्टको मजा लिनुहोस्।
Facebook Comment