प्रदेश १ ले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट (पूर्णपाठ)

डिसी नेपाल
१ असार २०७९ १८:०९

काठमाडैं । प्रदेश १ सरकारले अगामी आर्थिक वर्षको लागि ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट सार्वजनिक गरेको छ ।

बुधवार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अगामी आर्थिक वर्षको लागि ३९ अर्ब, ७३ करोड, ८३ लाख बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।

आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *