सिरी ए : आज युभेन्टस र रोमाको ‘महाभिडन्त’ हुँदै, के रोनाल्डोले लगाउलान् त गोल ?

डिसी नेपाल
७ पुष २०७५ १४:०१

इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलमा आज १० खेल हुँदैछन् । १७ औं साताको पूरा खेल आजै हुँदैछ ।

आज राति लिग लिडर युभेन्टस र रोमाको ‘महाभिडन्त’ हुँदैछ । जारी लिगको १७ औं साताको अन्तिम खेलअन्तर्गत यी दुई ठूला टोली भिड्न लागेका हुन् ।

युभेन्टसले आफ्नै घरेलु मैदानमा ७ औं स्थानको रोमासँग खेल्न लागेको हो । जारी लिगमा अपराजित रहेको युभेन्टस आजको खेलमा रोमाविरुद्ध जित निकाल्दै अंकदूरी बढाउने दाउमा हुनेछ । यस्तै आज राति घरेलु टोली युभेन्टसले रोमाविरुद्ध जित निकाल्दै अपराजित यात्रा कायम राख्न चाहन्छ भने रोमा युभेन्टसलाई हारको स्वाद चखाउन चाहन्छ ।

१६ औं खेलसम्म अपराजित रहेको युभेन्टसले ४६ अंक बनाउँदै दोस्रो स्थानको नापोलीसँग ८ अंकले अग्रता बनाएको छ । उसले १५ खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।

यस्तै आज युभेन्टससँग मैदानमा उत्रिन लागेको रोमासँग २४ अंक रहेको छ । रोमाले ६ खेलमा जित, ६ खेलमा बराबरी र ३ खेलमा हार व्यहोरेको छ ।

आजको खेलमा युभेन्टसका अधिकांश पहिलो रोजाइका खेलाडी उत्रिनेछन् । आक्रमण लाइनमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र मारिया मान्डुज्की उत्रिने छन् ।

आजको खेलमा रोनाल्डो सबैभन्दा केन्द्रमा हुनेछन् । किनभने, उनी अहिले शीर्ष गोलकर्ताको टोलीमा दोस्रो स्थानमा छन् । जारी लिगमा ११ गोल गरेका उनले आजको खेलमा एक गोलमात्र गरेको खण्डमा उनी शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थानमा आउने छन् ।

यी दुईबीचको खेल नेपालीसमयअनुसार राति १ः१५ बजेदेखि सुरू हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *