नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौं । बहराइनलाई हराउँदै नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
७ ओभरमा छोट्याइएको खेलमा बहराइन दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् । कविता कुँवरले अविजित ३ रन बनाइन् । बाँकी ८ रन एक्स्ट्रा थियो । बहराइनका पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । नेपालका कविता कुँवर र सबनम राईले २/२ विकेट लिए ।
अश्मिना कर्माचार्यले १ विकेट लिइन् । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
Facebook Comment