बालबालिकालाई कोरोनाविरुद्धको खोप (फाेटाेफिचर)

काठमाडाैं। सरकारले आजदेखि देशका २२ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु गरेको छ।
बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ।
आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन्।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ।
यही क्रममा काठमाडौंका विभिन्न विद्यालयमै पुगेर खोप लाउँदै स्वास्थ्यकर्मीहरू।
प्रतिक्रिया
Facebook Comment