वर्षातमा कपालको ख्याल यसरी गर्नुहोस्, कपाल झर्ने समस्याबाट पाइन्छ छुटकारा

डिसी नेपाल
१३ असार २०७९ १२:१७

काठमाडौं । धेरैलाई वर्षायाम मन पर्छ । कोही वर्षाको रमाइलो गर्न मन पराउँछन् भने कोही मनसुनको आगमनसँगै गर्मीबाट छुटकारा पाउन मन पराउँछन् । तर, मनसुनका केही साइड इफेक्ट पनि छन् । कपाल झर्नु पनि ती मध्ये एक हो। तपाइले केहि विशेष तरिकाले कपालको हेरचाह गरेर मनसुनमा कपाल झर्ने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

वास्तवमा, वर्षाको समयमा कपाल झर्ने समस्या सामान्य नै हुन्छ । महँगो हेयर प्रोडक्ट प्रयोग गर्दा पनि कपाल झर्ने काम रोकिदैन । त्यसकारण हामी तपाईलाई मनसुनमा कपालको हेरचाह गर्ने केही विशेष टिप्स बताउने छौं। जसलाई पालना गरेर कपाल झर्ने समस्याबाट एक चुटकीमा छुटकारा पाउन सकिन्छ ।

कपाल र्झन नदिने उपायहरु:

वर्षाको समयमा कपाल प्रायः भिजेको हुन्छ । यस्तो अवस्थामा धेरैजसो मानिसले भिजेको कपाल बाँध्छन्, जसका कारण कपाल कमजोर हुन्छ र झर्न थाल्छ । त्यसैले कपाललाई वर्षाको पानीमा भिजाएर माइल्ड स्याम्पु लगाएर सफा पानीले कपाल धुनुहोस् र हावामा सुकाएर मात्र कपाल बाँध्नुहोस्।

ड्राई स्याम्पु प्रयोग गर्नुहोस्–पानीमा कपाल भिजेपछि कपाल सुक्नका लागि छोडिदिनुहोस् । यदि तपाइको कपाल वर्षाको पानीले भिजेको भए सबैभन्दा पहिले कपाललाई तौलियाले थिचेर पानी निकाल्नुहोस् । अब स्क्याल्प बाहेक कपालको सबै भागमा ड्राई स्याम्पु लगाउनुहोस् र सफा पानीले कपाल धुन नबिर्सनुहोस्।

कपाल छोप्नुहोस्– कपालको हेरचाह गर्ने दिनचर्या पालना गर्दै वर्षायामको पानीबाट कपाललाई जोगाउनुहोस् । पानी परेमा कपाल छोप्नुहोस् । साथैं मनसुनमा पानी परेको छैन भने पनि घरबाट बाहिर निस्कँदा कपाललाई स्कार्फ वा टोपीले छोपेर राख्नुपर्छ ।

कपालमा सिरम लगाउनुहोस् – वर्षाको मौसममा, कपाललाई पोषण दिन तेलमा आधारित सीरम प्रयोग गर्नु होस् । यसबाहेक हरेक १५ दिनमा कपालको गहिरो कन्डिसनिङ गर्नुहोस् । साथै, मनसुनमा चिया र कफी जस्ता क्याफिन भएका कुराहरु नखानुहोस् ।

खानेकुरामा ध्यान दिनुहोस्– मनसुनमा कपाल झर्ने समस्यालाई नियन्त्रण गर्न र कपाललाई स्वस्थ राख्न खानपानमा ध्यान दिन नबिर्सनुहोस् । भुटेको र जंक फूड नखाने प्रयास गर्नुहोस्। यि चिज खानु भयो भने कपाल झर्ने सम्भावना बढ्छ ।

साथै मनसुनमा कपाल छोटो राख्ने प्रयास गर्नुहोस्। यसो गर्दा तपाईलाई आफ्नो कपालको हेरचाह गर्न अप्ठ्यारो पर्दैन र तपाईको कपाल झर्न पनि आफैं कम हुन थाल्छ। यस्तै यो समयमा हप्ताको एक पटक तोरी वा नरिवलको तेलमा मेथी दाना लसुन फुराएर मन तातो तेल बनाएर मसाज गर्नुहोस् । मसाज गरेको २ घण्टा पछि स्याफूले कपाल धुनुहोस् । यसो गर्नु भयो भने कपाल झर्ने समस्या हुँदैन । साथै तपाईको कपाल बढ्ने पनि गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *