धेरै पिस्ता नखानुहोस्, यस्तो समस्या हुन सक्छ !

डिसी नेपाल
१५ असार २०७९ ११:०२

काठमाडौं ।स्वस्थ रहनको लागि तपाईले धेरै ड्राई फ्रुटको सेवन गनु भएको होला । त्यसमध्ये एउटा ड्राई फ्रुट हो पिस्ता । जसलाई खीर, मिठाई र अन्य धेरै चीजहरूमा प्रयोग गरिन्छ। पिस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रूपमा सेफहरूले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । पेस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामीन बी को मात्रा उपलब्ध हुन्छ ।

तपाईले यसको फाइदाको बारेमा धेरै सुन्नु भएको होला । तर के तपाईलाई यसको सेवनका बेफाइदाहरू बारे थाहा छ ? जुन धेरै मानिसका लागि हानिकारक पनि हुन सक्छ । आज हामी तपाईलाई पिस्ता खानु केहि मानिसहरुका लागि किन हानिकारक हुन सक्नेका बारमा बताउनेछौं ।

पिस्ता खाँदाका बेफाइदाहरु

वजन बढाउँछ – पिस्ता खाँदा तौल धेरै बढ्छ। यस्तो अवस्थामा तौल घटाउने व्यक्तिले यसबाट टाढै रहनु राम्रो हुन्छ। किनभने यसको सेवनले तौल घट्नुको सट्टा बढ्न थाल्छ । तपाइँको तौल घटाउने सोचमा हुनु हुन्छ भने १, २ पिस पिस्ता मात्र खानुहोस् ताकि यसले तपाइँको तौललाई धेरै असर नपरोस्।

ब्लड प्रेसरको समस्या–पिस्ता धेरै खाँदा रक्तचाप बढने गर्दछ । आजकल धेरै मानिसमा ब्लड प्रेसरको समस्या देखिने गरेको छ। यस्तो अवस्थामा पिस्ता खानु व्लड प्रेसर रोगीहरुका लागि हानिकारक हुनसक्छ किनकी यसमा धेरै मात्रामा नुन पाइन्छ जुन मानिसका लागि हानिकारक पनि हुन सक्छ । साथै हृदय समस्या पनि हुन सक्छ।

सास फेर्न समस्या – धेरै पिस्ता खाँदा श्वासप्रश्वासमा समस्या आउन सक्छ । यसमा प्रोटिन पाइन्छ, त्यसैले यसको बढी सेवन गर्दा रगतमा प्रोटिनको मात्रा बढ्छ, जसका कारण सास फेर्न समस्या हुन्छ । यसका अलावा एलर्जीको समस्या पनि हुन सक्छ, यसलाई धेरै मात्रामा खाँदा शरीरमा चिलाउने, दाग लाग्ने जस्ता एलर्जी हुने गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *