विम्बल्डनः सेरेना पहिलो चरणमै निराश
![विम्बल्डनः सेरेना पहिलो चरणमै निराश](https://www.dcnepal.com/wp-content/uploads/2022/06/Bianca-Andreescu-beats-Serena-Williams-2.jpg)
काठमाडौं। २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन्।
हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्याे। तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन् ।
तानले अब ३२औं वरीयताकी सारा सोरिबेस टोर्मोको सामना गर्नेछिन् । साराले क्रिस्टिना म्याकहेलमाथि ६-२,६-१ को जित निकालिन्।
प्रतिक्रिया
Facebook Comment