यी घरेलु फेस प्याकले अनुहारमा ल्याउँछ चमक, गोरो र ताजापन

डिसी नेपाल
१६ असार २०७९ १०:५५

काठमाडौं ।  यदि तपाइँ आफ्नो अनुहारको छालालाई स्वस्थ र जवान लुक्स दिन चाहनुहुन्छ भने, पक्कै यी ब्यूटी फेस प्याकहरू प्रयोग गर्नुहोस् । जुन आफ्नै घरमा सजिलै संग बनाउन सक्नुहुनेछ ।

–आधा चम्चा बेकिंग सोडामा एक चम्चा मह र एक थोपा ल्याभेन्डर एसेन्शियल आयल मिसाएर अनुहारमा लगाउनुहोस्। दस मिनेटपछि अनुहार धुनुहोस्।

–सुन्तलाको बोक्राको धुलोमा दही मिसाएर हप्तामा दुई पटक अनुहारमा लगाउँउनुहोस् ।

–अनुहारमा ताजा नरिवलको पानी लगाउनुहोस्। यसले छालामा चमक मात्र ल्याउने छैन, दाग धब्बा पनि हटाउँछ।

–आधा केरामा गुलाब जल, आधा चम्चा मह र एक चम्चा दही मिसाएर फेसप्याक बनाउनुहोस्। यसलाई १५ मिनेटको लागि अनुहारमा राख्नुहोस्।

–महले मसाज गर्नुहोस्। यसले छाला जवान देखिन्छ।

–गाजरमा १ चम्चा मह मिसाएर अनुहारमा लगाउँनुहोस् । १५ मिनेट पछि धुनुहोस्।

– एउटा आलु कुट्नुहोस्। त्यसमा दही मिसाएर अनुहारमा लगाउँनुहोस् । लगाएको १५ मिनेटपछि चिसो पानीले धुनुहोस्।

–१ चम्चा जैतुनको तेलमा आधा चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । २० मिनेट पछि धुनुहोस्।

–यदि तपाईको अनुहार धेरै सुख्खा भएमा राती सुत्नु भन्दा अगाडी अनुहार धुनुहोस् । त्यसपछि सफा कपडाले अनुहारको पानी पुछ्नुहोस् र शुद्ध नरिवलको तेलमा कपासको सानो बल बनाएर डुबाउनुहोस् र अनुहारमा लगाउनुहोस्। विहान फेसवास लगाएर धुनुहोस्। यदि तपाईको हात गोडा सुख्खा भएमा पनि लगाउन सक्नुहुनेछ ।

–मेथीको पातको पेस्टले गोरोपन मात्र दिँदैन, पिम्पलबाट पनि छुटकारा पाउँछ। मेथीको पातलाई मसिनो गरि पिसेर थोरै गुलाबजल मिसाई अनुहारमा लगाउनुहोस् । लगाएको २० मिनेटपछि मनतातो पानीले धुनुहोस् ।

–टमाटरको टुक्रा काटेर अनुहारमा रगड्नुहोस्। केही समयको लागि राख्नुहोस्। त्यसपछि अनुहार धुनुहोस्। अनुहारमा चमक ल्याउँछ ।

आलुको रस लगाउनाले पनि छाला जवान रहन्छ।

मुलतानी मिट्टीमा मह र पानी मिसाएर पेस्ट बनाउनुहोस्। अनुहारमा लागू गर्नुहोस्। ज्ञण् मिनेट पछि धुनुहोस्।

काँचो पपीताको पेस्टमा कागतीको रस र मह लगाउनुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *