पीएको बकपत्र (कविता)
म काँटा
चम्चा
डाडु
पन्यु
र कराई-कसौडी
थाल -कचौरा
सबै म
आगो- दाउरा
पानी पनि म
कहिले कैँची
कहिले सावेल पनि म
काट्नु छ
देश
अनि सोहोर्नू छ
मान्छेका जीवनहरु
परी आउँदा म डोजर
फोडिदिनु छ
देशका सपनाहरु
कोठाको ढोका
ढोकाको चुकुल
खाली कागत
कलम
अनि मसी पनि म
यो बाटो अति साँघुरो बनेको छ
म हिड्दा बाटो किनारा लाग मान्छेहरु
आकाश निकै सानो बनेको छ
म घरीघरी उड्न सक्छु
कुना पस ताराहरु
म पीए
मन्त्रीको या नेताको
नोकर बुझ्नु होला
नोकरको अपमान गर्ने अधिकार कसैलाई छैन्
यो ब्रम्हाण्ड
किन सानोसानो बन्दैछ
किन म अटिरहेको छैन्
यस भूगोलमा
किनारा लाग नदीका वेगहरु
म व्यापारी चिन्छु
चिन्छु तस्कर र भ्रष्टाचारी
म मान्छे चिन्दिन
भाइ , भतिजा
साला, साली
अनि बाआमा – सासुससुरा
चिन्छु
साथीभाइ चिन्दिन
पीए मान्छे
मान्छे पीए
नबन्दो रहेछ
पीए नियुक्त भएसंगै
म मान्छे रहिन
अब मलाई सडक चाहिएन
चाहिएन संगत पनि
थाहा पाईराख्नुस्–
पीएलाई मलामी चाहिँदैन
चाहिँदैन आँशु पनि
यो पनि बुझिराख्नुस् –
पीए सिंगो संसार हो
पीए मानसिक रोगी कहिल्यै हुन सक्दैन ।
Facebook Comment