‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ मा दुराशय नियत छैनः मुख्यमन्त्री शाही

डिसी नेपाल
२४ असार २०७९ २२:२२

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ मा कुनै दुराशय नियत नभएको बताएका छन् ।

प्रदेशसभाको आज बसेको दशौँ अधिवेशनको १९औँ बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै मुख्यमन्त्री शाहीले सरकारले राम्रा र नराम्रा सबै कुराको जिम्मेवारी लिँदै आएको बताउए । उनले भने, “हामी प्रतिपक्षीसँग भएका सहमतिअनुसार अगाडि बढेका छौँ । मुख्यमन्त्रीले रोजगार कार्यक्रमको बजेट कार्यकर्तामुखी बनायो भन्ने अब्जसले मन दुखाएको छ ।” उनले कर्णाली विकासका लागि सबैको उत्तिकै दायित्व भएको भन्दै राम्रो काममा प्रशंसा र नराम्रो कामको खबरदारी गर्न प्रतिपक्षीलाई आग्रह गरे।

आगामी आव २०७९र०८० का लागि प्रदेश सरकारले मौलिक र यथार्थ बजेट ल्याएकामा धन्यवाद दिन उनले आग्रह गरे । माथिल्लो कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायतका जिल्ला र सुर्खेतलाई समान बजेट विनियोजन कार्य वैज्ञानिक नहुने भन्दै समतामूलक तवरबाट बजेट तथा योजना निर्माण गर्ने मुख्यमन्त्री शाहीले बताए । कृषिबाहेक अन्य कुनै पनि मन्त्रालयको योजना रु १५ लाखभन्दा मुनिका नहुने उनको प्रष्टीकरण थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेशको सीमापारिका जिल्लामा बजेट जाने अवस्थाले यहाँको सार्वभौम संसद्को गरिमा बढाउन नसक्ने टिप्पणी गरे । “कर्णालीमा थोरै पैसाले धेरै काम गर्नुपर्ने अवस्था छ”, नेता कँडेलले भने, “चार वर्षको बजेट ठूलो तर उपलब्धि कम रहेको छ ।” प्रदेश योजना आयोग दुब्लाएको व्यङग्य गर्दै उनले सरकारलाई मागदर्शन गरेर प्रतिपक्षीले सहयोग पु¥याउँदै आएको जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *