अभिभावकविहीन बालबालिकाको अभिभावक बन्दै गैडहवा गाउँपालिका

डिसी नेपाल
२५ असार २०७९ २२:२८

रुपन्देही । जिल्लाको गैडहवा गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क पढाउने भएको छ । पालिकाले आफ्नै बजेटमा उनीहरूको संरक्षण र योग्य नागरिक बनाउने भूमिका खेल्ने गाउँपालिले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

अभिभावकविहीन बनेका बालबालिकाको संरक्षण र शिक्षाका लागि बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले अभिभावकविहीनका लागि गाउँपालिका नै अभिभावक बनेर उनीहरूको शिक्षा र संरक्षण गरिने जानकारी दिए ।

गाउँपालिकाले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई समेत आगामी बजेटमा निरन्तरता दिएको छ । पालिकालाई वातावरणमैत्री तथा सुन्दर बनाउनका लागि फोहर व्यवस्थापन र सरसफाइका लागि समेत आगामी नीति तथा कार्यक्रममा देखिन्छ ।

गाउँपालिकाको गौरवको योजनाअन्तर्गत गैडहवा ताल र सूर्यपूरा पार्कलाई विकास गर्ने योजना अगाडि सारेको गाउँपालिकाको कार्यालयले जनाएको छ । लुम्बिनीमा आउने पर्यटकको गन्तव्यस्थलको रूपमा सूर्यपूरा पार्क र गैडहवा ताललाई आकर्षणको केन्द्र बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपीन क्षेत्रीले बताए ।

शिक्षा, स्वास्थ्य र पर्यटनका लागि दीर्घकालीन सोचका साथ योजना अगाडि सारेको गाउँपालिकाको कार्यालयले जनाएको छ । गैडहवा गाउँपालिका महामानव गौत्तमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गाउँपालिका हो । जहाँ पर्यटन र कृषिको प्रचुर सम्भावना देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *