डिसी नेपालको १५ वर्ष : थप जिम्मेवारी बाेध गरेका छाैं (प्रकाशकीय)
डिसी नेपाल आज १६ औं वर्षमा प्रवेश गरेको गरेको छ। आमसञ्चारलाई ‘डिजिटल कम्यूनिकेशन’ को माध्यमबाट विश्वभरका पाठक र दर्शकहरुलाई सूचना पस्किँदै आएको डीसी नेपालले देश विदेशमा रहनुभएका नेपाली नागरिकबाट अथाह स्नेह पाएको छ।
नेपाल भित्र रहेका अनलाइन पत्रिकाहरुले सोसल मिडियालाई प्रयोग गरेर आफ्नो सूचना सबैको हातहातमा पुर्याउने काम गरिरहेको छ। डिसी नेपालले समेत आफ्नो अनलाइन समाचार, अन्तर्वार्ता, भिडियो अन्तरवार्ता र लाइभ कार्यक्रमहरुलाई २६ लाखभन्दा बढी लाइक भएको फेसवुक पेज मार्फत विश्वमा रहनुभएको पाठक, स्रोताहरु समक्ष तत्काल पुर्याउने गरेकोले सबैको प्यारो भएको छ।
देश विदेशमा रहनु भएका हाम्रा समाचारदाता र शुभचिन्तकहरुको माध्यमबाट प्राप्त सूचनाहरुलाई चौबिसै घण्टा समाचार अपलोड गरी तत्काल सूचना दिने काम गरिरहेको छ।
खाडी मुलक, यूरोप, अमेरिका, अष्ट्रेलिया, एशियाका अधिकांश देशमा रहेका संवाददाताहरुबाट चौविसै घण्टा सूचनाहरु पस्किने गरेकोले अन्य अनलाइन पत्रिकाहरुभन्दा फरक पहिचान राख्न सफल भएको छ।
डिसी नेपाल आवाज विहिनहरुको आवाज बनेर प्रवासमा रहेका नेपालीहरुको पक्षमा खम्वा बनेर उभिएको अनुभुति विश्वमा छरिएर रहेका नेपालीहरुले विभिन्न सामाजिक सञ्जालको माध्यमले प्रतिक्रिया दिइरहनु भएकोले उहाँहरुलाई हार्दिक धन्यावाद दिन चाहन्छौं।
साथै डिसी नेपाललाई आजको सफलताको स्थितिसम्म पुर्याउनका लागि सम्पूर्ण यसका पाठक, दर्शक र स्रोताहरुको योगदान रहेकोले १५ औं बार्षिक उत्सबको अवसरमा सबैमा धन्यवाद दिन चाहन्छौं।
डिसी नेपालले अनलाइन पत्रिकामार्फत समाचार, राजनीति, समाज, कला मनोरञ्जन, खेल, अर्थ, प्रवास जस्ता विधाहरुमा छुट्टाछुट्टै रुपमा सूचनालाई विभिन्न परिकारमा पस्किने काम गरिएको छ। फेसबुक र यूट्यूबका माध्यमबाट समेत सूचना पस्किने गरिएकोले डिसी नेपालले छोटो अवधिमा शुभचिन्तकहरु बढाएको छ।
डिसी नेपाललाई यहाँसम्म पुर्याउन यसका संस्थापक, सम्पादक, समाचार सम्पादक, उपसम्पादक, सम्बाददाताहरु र देश विदेशका सम्वाददाता र सहयोगीहरुको महत्वपूर्ण भूमिका रहेको छ।
आजको बार्षिक उत्सवको सन्दर्भमा आआफ्नो स्थानबाट सहयोग पुर्याउने समाचारका सूचनादाता, विज्ञापनदाताहरु समेतलाई धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा समेत सबैको सहयोग र माया पाउने अभिलाषाको साथ १५ औं बार्षिक उत्सवको सन्दर्भमा शुभकामना दिनुहुने सबैमा धन्यवाद।
दिपा पौड्याल
प्रकाशक
Facebook Comment