प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी प्रचार बिभागको नागरिकता बिधेयकमा केन्द्रित रहेर वृहत छलफल
काठमाडौं। प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी प्रचार बिभागले एनआरएनका मुद्दालाइ सम्बोधन गरिएको बिधेयक नागरिकता बिधेयक नेपालको संसदमा संशोधन प्रस्ताव दर्ता हुदै गर्दा यसै बिषयमा केन्द्रित रहेर बृहत अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त्त कार्यक्रममा संसद तथा राज्य व्यवस्था कमिटिका सदस्यहरु कृष्णभक्त पोखरेल तथा डा.सुर्य पाठकले यो बिधेयक, हालको संशोधन प्रस्ताव तथा यस भित्र समेटिएका एनआरएनका अधिकारहरुको बारेमा प्रस्ट पारेका थिए।
अन्तरक्रियामा एनआरएनका प्रमुख मुद्दा र बिषयमा संशोधन प्रस्तावमा त्यति धेरै प्रश्न नउठेको तर बिदेशमा अर्को राष्ट्रको नागरिकता लिएको खण्डमा नेपालको नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्र नागरिकता पाउने भन्ने प्रावधान गलत भएको कुरा एनआरएनहरुले उठाएका थिए।
त्यो बाहेक एनआरएनहरुको अधिकारसंग जोडिएको बिधेयक नागरिकता बिधेयकको संशोधन प्रस्तावमा विदेशबाट बिहे गरेर आएका बुहारीहरुले बिहे गरे लगत्तै नेपाली नागरिकता पाउनु पर्ने भन्ने प्रावधानले नेपालको राष्ट्रियता माथि खलल पो पुग्छ कि भन्ने बिषयमा पनि छलफल भएको थियो।
बिशेषगरी डा.सुर्य पाठकले एनआरएनहरुको राजनीतिक अधिकार बाहेकको अधिकार सहितको नेपाली नागरिकता पाउने कुरा ढिलो चाडो सबै प्रवासी नेपालीहरुले पाउने नै हुन्छ जुन नयाँ संविधानमा उल्लेखित अधिकार हो बरु त्यो भन्दा अघि बढेर प्रवासी नेपाली मन्चले कम्तिमा नेपाली नागरिकले संसारको जुनसुकै कुनामा रहेर पनि अफ्नो राष्ट्रको लागि कुनैपनि निर्वाचनमा समानुपातिकमा मतदान गर्न पाउनु पर्छ भन्ने कुरालाई समर्थन गर्ने कुरा बताएका थिए।
Facebook Comment