कविता : मुर्ख

डिसी नेपाल
१ साउन २०७९ ११:१८

हे मुर्ख आज गज्जब गर्‍याै नि
आफूलाई अब्बल देखाउनमा
निर्बललाई बलि कसरी चढायौ
कति रोए होलान् तिनका मन
कति तडपिए होलान् ती आत्मा
मुर्खतामा जित्यौ र आफैंमा दुख्यौ।

हे मुर्ख जीवन रिती नबुझे जस्तो
समयको गति पनि नबुझे जस्तो
साह्रै अबुझ जस्तै पो देखियो
साह्रै असमझ जस्तै पो देखियो
आफूले आफैंलाई अबमूल्यन गर्न
दुखायौ निर्बलका पबित्र मनलाई।

हे मुर्ख तिमीले बुझिरहेको समय
सदैब तिम्रो निम्ति मात्र बजिरहँदैन
समय सबमा समान व्यवहार हुनेछ
तिमीले समयलाई कैदी बनाएर
निर्बललाई बलि बनाउनुमा रमायौ
अनि आज रूदाँ पनि आशु सुके
मुर्खतामा जित्यौ र आफैंमा दुख्यौ।

हे मुर्ख देख्यौ कि त समय आज
कोल्टे फेर्यो तिमी र तिम्राहरू बाट
अब तिमी समयबाट एक्लिएका छौ
निर्बलसंग समय बलियो भएको छ
अब ध्येय साधन मौका पनि छ
तर सबै तिम्रा पथमा हुँदैन अनि
तिमी जस्तै सबै सधैं पनि हुँदैनन्।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *