प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको १२औँ राज्य सम्मेलन सम्पन्न

डिसी नेपाल
३ साउन २०७९ १४:०६

नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको १२औँ राज्य सम्मेलन आइतबार सम्पन्न भएको छ। सम्मेलनले देवेन्द्र श्रेष्ठको अध्यक्षतामा २१ सदस्ययीय राज्य समिति सर्वसम्मत चयन गरे को छ। त्यस्तै उपाध्यक्षमा कमल पण्डित, सचिव खडानन्द शर्मा, सह-सचिव दुर्गा कार्की र कोषाध्यक्षमा गुमबहादुर थापा चयन भएका छन्।

नेकपा एमाले केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरेको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथिकोरुमपा प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी उपस्थित रहेका थिए।

त्यस्तै कार्यक्रममा संघको केन्द्रिय उपाध्यक्षहरु सिता अधिकारी, मोहन थापा केन्द्रिय कार्यालय सचिव सुबास बस्नेत केन्द्रिय सचिवालय सदस्यहरु सुर्य बस्याल (दिल्ली राज्य इन्चार्ज), टिकाराम पोख्रेल, रामप्रसाद पराजुली, मित्र घिमिरे, छबिलाल गोतामे लगाएत दर्जन भन्दा बढी केन्द्रिय सदस्यहरु लगाएत राज्य, नगर र अन्य दिल्लीमा कार्यरत समाजिक तथा राजनीतिक संघ संगठनका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो।

सम्मलेन सफल पार्नको लागि छिमेकी राज्यहरु पन्जाब हिमान्चल चंडीगढ़ राज्य समिति अध्यक्ष जनक ओली, केन्द्रिय सदस्य हरि खनाल, उत्तर प्रदेस राज्य अध्यक्ष रामु गौतम लगीत लगाएतका नेता रहेका थिए।

कार्यक्रममा अखिल भारत नेपाली एकता मंचका केन्द्रिय सचिवालय सदस्य तथा हरियाणा दिल्ली क्षेत्रिय समितिका अध्यक्ष जीवन शर्मा र केन्द्रिय सदस्य शेर खत्रीलाइ नेकपा एमालेका केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे प्रवासी नेपाली संघ भारतका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी दोसल्ला र ओडाएर संघमा प्रवेस गराएका थिए।

कार्यक्रम हरिनगर घण्टाघर स्थित सनातनधर्म मन्दिरको हलमा आयोजना गरीएको थियो। कार्यक्रममा शिर्जना र सांस्कृतिक परिवारकले विभिन्न सांस्कृतिक कार्यक्रमले आयोजना समेत गरेको थियो। दिल्ली राज्य समितिको १२औ राज्य सम्मेलनको बन्दसत्र १० जुलाईका दिन किर्तिनगर स्थिति सम्पन्न गरीएको र १७ जुलाईको घोषणा सम्भ सम्पन्न भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *