डुबेर तीन जनाको मृत्यु

काठमाडौं।धनुषा र रौतहटमा डुबेर तीन जनाको मृत्यु भएको छ।धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने शेरू राना मगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया स्वीकृती मगर रहेका छन् ।पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटको वृन्दावन नगरपालिका–६ चिक्ना बस्ने शेख मनिरको छोरा ८ वर्षीय शेख जबि उल्लाको आफ्नै घर नजिक नहरमा डुबेर आइतबार मृत्यु भएको छ ।दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
Facebook Comment