बिहेपछि जीवन बेरंग भएको छ ? यसरी भर्नुहोस् मायाका रङहरु
काठमाडौं । विवाह भएको केही समय सम्म दम्पतीमा माया प्रेम उत्साहपूर्ण सम्बन्ध रहेको हुन्छ। दुई बीचको रोमान्सले माया, प्रेमले सम्बन्धलाई फरक तहमा पुर्याउँछ। यद्यपि विवाहमा समय बित्दै जाँदा उत्साह, जोश, एक–अर्का प्रतिको माया प्रेममा कमि हुँदै जान्छ । जिम्मेवारीहरू बीच प्रेम कतै भासिएको महसुस हुन्छ ।
त्यसैगरी, वैवाहिक जीवनमा यस्तो समय आउँछ जब दम्पतीहरू एकअर्कासँग बोरिङ हुन थाल्छन्। यस्तो अवस्थामा जोडीले समय अगावै कदम चाल्नुपर्छ । आउनुहोस् हामी तपाईलाई बताउँछौं कि तपाई कसरी आफ्नो वैवाहिक जीवनमा माया, प्रेम, रोमान्स थप्न सक्नुहुन्छ।
यसरी भर्नुहोस् दाम्पत्य जीवनमा मायाका रंग:
– परिवारको जिम्मेवारी पूरा गर्दा जोडीहरू प्रायः एकअर्कासँग राम्ररी कुरा गर्न असमर्थ हुन्छन्। त्यसैगरी, राम्रोसँग सञ्चार नहुँदा पनि दम्पतीबीच दुरी महसुस हुन थाल्छ। त्यसैले दम्पतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ। यसो गर्नाले तपाईले आफ्नो वैवाहिक जीवनलाई राम्रो बनाउन सक्नुहुन्छ। कहिले काहि एक अर्कालाई समय दिनुहोस् ।
–वैवाहिक जीवनका सुरुवाती दिनहरुमा जोडीहरू एक अर्काको साथमा रमाउँदै हात समाएर हिड्ने गर्दछन् । तर समयसँगै उनीहरू टाढा हुन थाल्छन् । त्यसैले विवाहमा रोमान्स भर्नका लागि सार्वजनिक स्थानमा फेरि एकपटक पार्टनरको हातमा हात राखेर समय बिताउँनुहोस् । यी सबै चीजहरूले जीवनमा रोमान्स पुन–जगाउन काम गर्दछ।
– बिहेपछि जोडी बिच दुरी बढ्नुको सबैभन्दा ठूलो कारण भनेको कुरा नहुनु हो । जिम्मेवारी र एकअर्कालाई समय दिन नसक्दा कुरा कम र दुरी बढ्दै जान्छ । यस्तो अवस्थामा सुत्नुअघि आफ्नो समय निकालेर एकअर्कासँग कुरा गर्नु महत्त्वपूर्ण हुन्छ। दिनमा भएका कुराहरु सेयर गर्नुहोस् । आगमी दिनहरुका बारेमा कुराकानी गर्नुहोस् । एक अर्काको भावनाको कदर गर्नुहोस् ।
Facebook Comment