पहिराले अवरुद्ध थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालन

दमौली।पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।
म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उनले बताए।
प्रतिक्रिया
Facebook Comment