व्यंग्य : कुुन्नि कसलाई चौतारो
बेलैमा अर्थ मन्त्रालय हाँकेर सबैतिरबाट जम्मा हुुन आउने नगद सिधै बुुढानिलकण्ठे सभापति समेत रहेका सरकार प्रधान र स्वघोषित महान नेता समेत भनेर चिनिने खुुमलटारे कामरेडको ढुकटीमा पोखिने ब्यबस्था मिलाउन सकेपछि जति अनैतिक काम गरे जस्तो देखिएपनि सजिलै चोखिने र साबिक अनुसार ज्यादै सक्षम नेताको तौलमा जोखिने रहेछ भन्ने बिरोधीहरुको भनाइ सुनेर कुनै काम छैन। यस्ता पुुनित कामहरु पहिलो चोटी भएको हो कि भने जसरी चिच्याउने गर्दा आफैंलाई नचाहिँदो समस्यामा घिच्याउने काम मात्र हुुन जान्छ।
जुुनसुुकै दलको सरकार जुनसुकै ब्यक्ति त्यहाँको मन्त्री भएपनि यही हुँदै आएको र सबै कुुरा बुझेर बाहिर बस्न परेको चाहिँ खान नपाएर रुँदै त्यहाँ पुग्न ठाउँठाउँमा धाएको सबैलाई राम्ररी थाहा छ। करको दरमा हेरफेर पहिलो पटक मात्रै भएको र त्यसको लागि ब्यापारिक घरानाको प्रतिनिधि भएर बाहिरि मान्छे मन्त्रालय भित्र गएको पनि पहिलो चोटी भए जस्तो लाग्ने गरि प्रचार प्रसार गरेर अर्थ मन्त्री, अर्थ मन्त्रालय, त्यहाँका सचिव, अन्य उच्च पदस्थ कर्मचारीहरुको बेइज्जत गरेको जनतालाई पटक्कै मन परेको छैन।
त्यहाँ जाने र यस्तै पुुण्य कमाउने अनि सबैतिर मिलाएर नोट मात्रै समाउने मन्त्री र सचिवलगायतका कर्मचारीहरु यस्तै ब्यापारिक घराना र बिचौलियाको साँठगाँठ, मिलोमतो र आशीर्बाद नभइकन त्यहाँ पुग्ने सम्भावना ज्यादै न्यून हुुन्छ रे भन्ने हल्लामा जनताको खासै रुचि र बिश्वास छैन। सधैंभरि बजेट बनाउँदा हुुँदै आएको र सबैले चाल पाएको बिषयलाई यति धेरै महत्व दिएर संसदीय छानबिन गराउने झन्झट गर्नै पर्ने थिएन।
यसपालि त उही सेटिङको लेनदेनमा कुुनै एक पक्षले बेइमानी गरेको हुुनाले पत्रिकाको समाचारमा यो कुुरा परेको मात्रै हो। ठाउँठाउँका यस्तै समाचार बोक्ने र बार्गेनिङ गरेर नगद हात पारेपछि निकै इमान्दार भएको नाटक गरेर खोक्ने अनि समाचारको तौल अनुुसारको नगद हात नपरे त्यस्तालाई छानिछानी टोक्ने समाचारकर्मीहरुले गर्दा कहिले काहिँ झुक्किएर जनताले यस्ता समाचार पढ्ने सुुअबसर पाउने हुुन्। यस्ता समाचार छाप्नुु अगाडि र छापिसकेपछि पनि बार्गेनिङ चलिरहन्छ र त्यस्तालाई बाह्रै महिना नगद फलिरहन्छ अनि भित्री कुुरा थाहा पाउने चाहिँ रिसले जलिरहन्छ। यो ब्यबस्था र अबस्था हिजोपनि थियो, आजपनि छ र भोलिपनि रहिरहन्छ भन्ने सबैलाई राम्ररी थाहा छ।
सकेसम्म लामो समयसम्म गठबन्धन टिकाउन, आफूलाई मनग्गे फाइदा हुने ब्यापारिक घरानाको सामान बढि मूूल्यमा बजारमा बिकाउन, उनीहरुले चाहे अनुुसारको करको दरमा बिदेशबाट सामानहरु झिकाउन र जनतालाई नैतिकता र आदर्श सिकाउन यो मात्रै होइन पहिले देखिका सरकारहरुले नजानेका अनि यही फर्मुुलालाई भित्री मनदेखि नै नमानेका होइनन्। यस्ता कामहरु सबैको पालामा हुुँदै आएको र संसारले राम्ररी चाल पाएको हुुनाले नौलो मान्न हुँदैन। यसो कहिले काहिँ काम गर्दा चुकुल फुस्केर गाल पर्ला जस्तो भएको मात्रै हो। अलिकति तलमाथि पर्ला कि जस्तो हुुनासाथ अर्थ मन्त्रीलाई राजीनामा दिन लगाए, संसदीय छानबिन समिति बनाएर के के न भइहाल्छ कि भन्ने आशापनि जगाए र त्यसमार्फत राम्रै नाटक गरेर सबै शंका भगाए।
त्यत्रो अधिकार पाएको र अब यसले चाहिँ दुधको दुध पानीको पानी गर्ने भयो भन्ने आशा छाएको संसदीय छानबिन समितिलेपनि सरकार र अर्थ मन्त्रालयको नुन मजैले खाएको हो कि भनेजस्तो देखियो भनेर हल्ला चलाउनेहरुका करा सुुन्न हुँदै हुँदैन। कसैको अलिकतिपनि नुन पेटमा परेपछि साक्षात भगवानलेपनि भेट दिएर आफ्नो नेट अनुसारको डेट मिलाएर सबै खतबातहरुलाई चुुट्किको भरमा चेट पारि दिन्छन् भने सामान्य मनुुष्यको अबस्था कस्तो होला सबैले बुझेकै छन्। त्यही भएर उनै करको दर हेरफेरको बात लागेका मन्त्रीलाई केही दिनमै सुनपानी छर्केर चोख्याउँदै उही मन्त्रालयमा फर्केर उही शान र मानका साथ खादा मालाले झकिझकाउ हुुँदै उही कुुर्सीमा बसेर यस्ता कार्य पूूर्ण नैतिकता निष्ठा इमान्दारी प्रचलित मूल्य मान्यता र आदर्शका साथ सम्पन्न गर्दै जाने बिश्वास पूर्बक सुम्पने सरकार प्रधान र स्वघोषित महान नेतालाई कृतज्ञता ज्ञापन गर्नै पर्छ भन्ने जनताको भनाइ छ।
यसो हेर्दा जाबो करको दरमा हेरफेर जस्तो सामान्य घटनालाई नचाहिँदो तरिकाले उचालेर त्यस्तो जनप्रिय स्वघोषित महान नेता र सरकार प्रधान बुुढानिलकण्ठे सभापतिका बिश्वास पात्र अर्थ मन्त्रीलाई पछार्ने पात्रहरुले उनीहरुलाई केही लछार्ने होइनन् भन्ने सबैलाई पहिल्यै थाहा भए जस्तो छ। एउटा भुपु सुब्बाले आधा रातमा अर्थ मन्त्रालय भित्र पसेर र सचिबहरु भन्दा पनि मन्त्रीसँगै बसेर अनि आफू सलग्न ब्यापारिक घरानाको हितमा घुुँडा धसेर करको दर निर्धारण गरेकोमा मन्त्रीले पनि बामपन्थी तरिकाको अभिबादनमा मुुठ्ठी कसेर त्यसैलाई सदर गर्न सबैलाई कडा निर्देशन दिएर हिँडे रे भन्ने हल्ला तुरुन्तै ब्यापक भइहाल्यो अनि त्यहीँको सुुराकी मार्फत पत्रिकातिर गइहाल्यो। तोकिएका सीमित ब्यक्तिहरु मात्रै भएको अरु कोही पुुग्ने सम्भावना नहुुने र कसैको पहुुँचले नछुुने त्यस्तो संबेदनशील स्थानमा भएका मान्छेहरु मध्येबाटै सूूचना चुहिएको हुुनाले त्यहाँको ब्यबस्थापन कतिसम्म कुुहिएको रहेछ भन्ने बुझ्न धेरै गतिलो दिमाग हुुन पर्ने जरुरी रहेनछ भन्ने मुुर्खहरुलाई के नै भन्न सकिन्छ र? त्यहाँ को आयो को गयो र कसले के कति खायो भन्नेमा कसैले चासो राखिराख्न पर्ने बिषय नै होइन। साबिक अनुुसार भइरहेको बिषयमा धेरै चिन्ता र हल्लाखल्ला गरेर कुुनै काम छैन।
यही सामान्य बिषयलाई ठूलो बनाएर अर्थ मन्त्रीको भबिष्यमा दुलो पार्ने र यही बिषयमार्फत सरकारप्रधान र छायाँ सरकारप्रधान स्वघोषित महान नेताको शेखी झार्ने बिपक्षीको अथक प्रयासले गर्दा अर्थ मन्त्री राजीनामा दिन बाध्य भए। यही प्रयास स्वरुप संसदीय छानबिन समिति पनि बन्यो र निष्पक्ष छानबिन हुुन्छ भनेर पनि भन्यो। सत्ता गठबन्धन पक्षकै बहुमत भएको छानबिन समितिले मागेका कतिपय कुुराहरुलाई मन्त्रालयले टेरपुुच्छर नलगाएपनि निकै सहयोग गरेको भनियो र काम गर्नुभन्दा दिन मात्रै गनियो। मुुख्य प्रमाण दिने सिसिटिभी नै संसारभरि लगाइएका भन्दा अर्थ मन्त्रालयमा फरक भएको पाइयो। दुई हप्ता नपुग्दै आफैं डिलिट हुुने सिसिटिभी त आजसम्म कतै जडान भएको कसैलाई थाहा नभएकोले यो बिषय गिनिज रेकर्डमा पठाएर पुरस्कारको लागि दावी गर्नैपर्छ र यस्को पुुरस्कार चाहिँ मजासित झर्नैपर्छ।
तैपनि समितिले यसलाई एकदम सही मानेर र अकाट्य ठानेर त्यसलाई रिकभर गर्ने काममा निकै तदारुकता देखायो। बजेट भाषण हुनुभन्दा एकदिन अघिको फुटेज माग्दा मन्त्रालयले पछिल्लो महिनाको परै फुटेज पठायो रे भन्ने सुुन्दा संसदीय छानबिन समितिको हैसियत कहाँ रहेछ भनेर जनताले बुुझिहाले। बयानमा पनि निकै रमाइलो भयो रे। सचिव तहको इज्जतको मायाले हो कि ब्यापारिक घरानाको छायाँले हो बयान दिँदा उनको गला अबरुद्ध भएछ। उक्त रात बाहिरको मानिस कोही पनि नआएको र आएकै भए पनि आफूले थाहा नपाएको बडा राम्रो र सटिक बयान दिएपछि उनको बयान सकियो। सचिवले त्यत्रो इमानदारिपूूर्बक त्यति कुुरा बताएपछि अरु सोधिराख्नै परेन। सचिव र समितिका माननीयहरु एकै किसिमले इमानदार भएकोले एकअर्काका कुरा इशारामै बुुझ्ने भइहाले।
सचिवभन्दा मुुनिका अत्यन्तै इमानदार कर्मचारीहरुले पनि त्यही खालको एउटै बयान दिएछन् र समितिका माननीयहरुले यसैलाई अन्तिम बयानको रुपमा लिएछन्। बयान दिनेहरु धेरै भएकोले कतिपय कर्मचारीहरुलाई एकै ठाउँमा राखेर कक्षा संचालन गरे जसरी सामुहिक बयान लिएको र सबैले उही बयान दिएको देख्दा एउटै लिखत घोकेर र ब्यापारिक घरानाबाट राम्रै खुुराक धोकेर आएको झण्डैझण्डै प्रष्ट देखिएपनि समितिका भ्रष्ट ब्यक्तित्वहरुलाई ज्यादै सही बयान लाग्यो रे। बयान हो कि, छलफल हो कि, भेटघाट हो कि, भलाकुुसारी हो कि, छानबिन हो कि, मेलमिलाप हो कि वा एकर्आलाई सहयोगको लागि गरिएको बिलाप हो कसैले बुझ्न सकेन। यस्तै लाखार लुुखुुर तरिकाको बयान र छानबिनबाट सुुनपानी छर्केर सबैलाई बचाउने र लाज शरम घिन जस्ता सबै शब्दहरुलाई सजिलैसित पचाउने ज्यादै राम्रो ब्यबस्था मिलाएको देखियो भन्ने मुर्खहरुको कुरा कसैले सुुन्न हुुँदैन।
कर्मचारीहरुको बयान त त्यति असरदार रुपमा लिएको समितिले पूूर्ब मन्त्रीको बयान कति कडाइका साथ लियो होला सहजै अनुुमान गर्न सकिन्छ। पूूर्ब मन्त्री समितिमा आइदिनुु र बयानको लागि धाइदिनुु नै समितिको लागि ठूलो सन्तोषको बिषय हुने भइहाल्यो। मन्त्रीले त्यो राति बाहिरको कोही नआएको र मन्त्रालयका कसैलेपनि त्यो बारे केही थाहा नपाएको एकसरो बयान दिएर फूर्तिसाथ उठेर हिँडे। समितिको बयान लिने काम सकियो। एकजना दर्जाले भूतपूर्ब सुब्बा भएपनि मन्त्रीलाई हल्लाउन सक्ने र आफ्ना ब्यापारिक घरानाका मालिकको फाइदाको लागि करको दर हेरफेर गराउने गरि बक्ने ब्यक्तिको साथमा रहेका बिदेशी सिए सापको बयान लिन समितिले आबश्यक नठान्नु अनि यसलाई खासै महत्वको नमान्नुु राम्रो छानबिनको सारै राम्रो उदाहरण हो।
१३ दिनमा मेटियो भनेर पन्छाइएको सिसिटिभी फुटेजको रिट्रिभ गर्न सक्ने सुत्र भेटियो भन्ने खबरले सबैको आशा पलायो। प्रहरीको फरेन्सिक बिज्ञहरुले सिसिटिभी फुटेज निकाले तर राति भएकोले हो कि अरु कारणले हो राम्ररी चिन्न सकिएन भनेपछि त्यताका बिज्ञलाई पनि किन्न भ्याइसकेको हो कि भन्ने शंका गरेपनि कसैले पत्याएन। सीसीटीभी फुटेजपनि खासै काम नलाग्ने ठाउँको मात्रै आएको हुुनाले बिज्ञ भनिने नाउँको दुुरुपयोग भयो कि क्या हो भनेर नजाने गाउँको बाटो सोध्ने काम गर्नै परेन।
सभामुुखले बडो अप्ठ्यारो मानेर र आफ्ना दलका मन्त्रीको पक्षमा काम हुने पक्का ठानेर गठबन्धनकै बहुमत हुुने गरि छानबिन समिति गठन गरिदिएको हुनाले समितिले झारा तिराइ पाराको सोधपुुछ र छानबिन गरेर सांसदहरुको बौद्धिक क्षमता, नैतिक दायित्व बहन क्षमता, राजनैतिक बिचार र आदर्शप्रतिको निष्ठा, जनताप्रतिको जवाफदेहिता, जिम्मेवारी बोधको महत्व आदि जस्ता सबै कुुराहरु फाल्तुु र बकवास हुुन् भन्ने छर्लङ पारे। सांसद भनिए पनि र माननीयमा गनिए पनि दलाली चाकडी लोभानी पापानी भन्दा अरु कुनैपनि कर्ममा दिल र दिमाग नलगाएको अनि आजसम्म देश र जनतालाई कुनै काममा कहिल्यै नसघाएको भन्ने बिरोधीहरुको भनाइमा कुनै सच्चाइ छैन भन्ने उहाँहरुको भनाइलाई जनताले मानिदिएकै छन्।
उहाँहरुकै भाषामा उहाँहरुले गरेको अत्यन्त न्यायपूूर्ण छानबिनले पूूर्ब अर्थमन्त्रीलाई होइन कि कहिले सक्षम कहिले असक्षमको पगरी भिर्दै, सरकारप्रधान बन्न पाइन्छ भने जसको टाङ मुुनिपनि छिर्दै, जति दिन सरकारमा बस्यो उति जनताको नजरबाट गिर्दै अनि लाजै नमानी पुरै परिवार लगाएर राष्ट्रिय ढुकुटी चिर्दै आएका सरकार प्रधानसमेत रहेका बुुढानिलकण्ठे सभापति र सबैलाई सरकारप्रधान मैले नै बनाएको हुुँ भनेर गफ छोड्दै अनि एकचोटी सरकार प्रधान हुुन पाउँ भनेर सबैको अगाडि हात जोड्दै, अलिकति स्वार्थ सिद्ध भएन कि सबैसित गरेको सहमति तोड्दै र म जत्तिको राष्ट्रवादी यो संसारमै अर्को कोही छैन भनेर कुुरा मोड्दै बिदेशीका ढोका चाहार्दै हिँड्ने स्वघोषित महान नेता खुुमलटारे कामरेडलाई ठूलो राहत मिलेको छ रे भन्ने सुुनिएपनि कसैले पत्याएका छैनन्। सबै ठूला घोटालाहरु यिनीमार्फत सेटिङ गरेर मिलाएको र यिनकै प्रयोगले मजाले नगद दिलाएको हुनाले अर्थ मन्त्रीलाई फसाउनु नै बिरोधीहरुलाई खुुसी गराएर हँसाउनुु हो भन्ने उहाँहरुलाई राम्ररी थाहा भएकै कुुरा हो।
संसदीय छानबिन समिति गठन भएर काम सुुरु हुुनासाथ अब केही होला र दोषी पत्ता लागेर रोला भन्ने आशा गरेका सबैलाई छानबिन समितिको सुुरुमै फिस्स खाले काम गराइले हिस्स बनायो। समितिले काम थाल्नासाथ पूर्वअर्थ मन्त्रीको दलका माननीयहरुले बालकोटे कामरेडको दलको आर्थिक बिभागका अज्ञात एम अधिकारी भन्ने महानुुभाव राष्ट्र बैँकका गभर्नर हुुन् र उनलाई बर्खास्त गर्नपर्छ भनेर संसद भित्र चर्को स्वरमा कुरा उठाए पछि बिभिन्न खाले नाटक गर्दै अनि एकअर्काको बिरोधबाट तलतल झर्दै दुुबै लफडाहरुलाई भित्रभित्रै मिलाउन अघि सर्दै नाटकीय ढंगबाट छानबिनको कर्मकाण्ड पूूर्ण रुपमा समाप्त भयो।
यसबाट सत्ताका प्रमुखहरुपनि खुसी, बाहिर ठूला कुरा गरेर भित्र चुपचापबस्ने बिपक्षीपनि खुसी, पूर्ब मन्त्रीपनि खुुसी, संसदीय छानबिन समितिपनि खुुसी, मन्त्रालय पनि खुसी, करको दरबाट प्रत्यक्ष लाभ पाउने ब्यापारिक घराना पनि खुसी र यो नाटकको सुुखद अन्त्य भएको दृश्य हेरेर मनोरन्जन गर्ने जनता पनि खुसी भएको पाइयो अनि छानबिन सकिएको पर्सिपल्ट तिनै पूूर्ब मन्त्रीले सोही मन्त्रीमा नियुक्त भएर सपथ खाइवरी बेलुुका मन्त्रालयमा गएर कार्यभार सम्हालेको देखेर चकितपनि खाइयो।
उनै मन्त्रीलाई साबिक अनुुसार निरन्तरता दिन र त्यसबाट भरपुर फाइदा लिन सरकारप्रधान र स्वघोषित महान नेतालाई सारै चटारो परेको देख्दा किन यतिसम्म मरिहत्ते गरेर हतारो गरेछन् भन्ने कसैले बुझ्न सकेनन्। हुुनत बुझेरपनि के नै हुुने हो र? अहिलेको सत्तापक्षमा अर्थ मन्त्री हुुने योग्यता पुगेका अर्का ब्यक्ति हुँदै नभएको र अरुतिर उहाँहरुको ध्यानै नगएको देखियो। यसमा उनको आफ्नो भन्दापनि सरकार प्रधान र स्वघोषित महान नेताको ज्यादै ठूलो आबश्यकता रहेका अधुरा कामहरुलाई चुुड्किमा तमाम गर्ने पात्र अर्को नभएको भन्ने हल्ला सुनेपनि जनताले एउटा कानले सुनेर अर्को कानले उडाएका छन्।
कुुन्नि कतिवटा अरबौँ कमिशन आउने र आफूहरुले पाउने काम अर्कोलाई बताएर र त्यो काम फत्ते गर्न तताएर तयार गर्दा धेरै समय खेर जाने अनि चुुनावमा केही तलमाथि पर्यो भने अर्कैले खाने र हेर्दाहेर्दै अर्कैले पोको पारेर लाने डरले ओठ मुुख र तालु एकैचोटी सुकाएर कराउनु भन्दा जसले जे भनेपनि साबिक अनुुसार पचाएर कमिशनमा हराउनुु नै बुुद्धिमानी हो भन्ने उहाँहरुको सोचाइ ज्यादै सान्दर्भिक छ।
त्यसमाथि सत्तापक्ष र प्रमुुख प्रतिपक्ष लगायतका प्रतिपक्षहरुको अन्नदाता एउटै ब्यापारिक घराना भएकोले र सबैका खातामा गक्ष अनुुसारको सहयोग निरन्तर गएकोले करको दरमा भएको हेरफेरबाट लाभ नपाउने जनता मात्रै हुुन् भन्ने देखिन्छ। जनताको अबस्था त हिजोपनि त्यस्तै हो,आजपनि त्यस्तै हो र भोलिपनि त्यस्तै नै हुुने हो भनेपछि उहाँहरुले यसमा टाउको दुुखाउने काम गर्नै मिलेन। देशको त्यत्रो तहमा बसेकाहरुले नमिल्ने काम त गर्नै भएन र आफ्नो स्तरबाट तल झर्नै भएन।
अब यो संसदीय छानबिन हो कि संसदीय चोख्याउ समितिको प्रतिबेदन अनुुसार सोही मन्त्रीमा पुुनर्बहाली भएपछि सत्तापक्षले डुुब्ने हो कि भनेर डराएको कमिशन मजाले आउने र दामासाहीले सबैले पाउने निश्चित भयो। प्रतिपक्षलाई ब्यापारिक घरानाबाट आउने मालबस्तुु आउने र सत्तापक्षको बिभिन्न निर्णयबाट भागशान्ति छुुट्ने सम्भावना नहुुनाले देश लुुट्ने काममा प्रतिपक्षकोपनि प्रत्यक्ष संलग्नताको निरन्तरता कायम रहने भयो। मन्त्री र पुुरै मन्त्रालयलाई सुुनपानी छर्केर चोख्याइकन फर्केर पूूनर्बहाली भएका मन्त्रीले अब जे गरेपनि कुुनै खतबात लाग्ने सम्भावना हुने कुुरै भएन।
संसदीय छानबिन समितिमा बसेर अत्यन्त इमानदारी र बफादारी देखाउने माननियहरुलाई मिलेमा मन्त्री नभए आउँदो चुुनावमा यथेष्ट चुुनाव खर्च सहितको टिकट पक्का हुुने सम्भावना ब्यापक भएकोले कसैले धक्का दिने कुुरै आएन। मन्त्री फर्किँदापनि मन्त्रालयमा टिकेका र बयानमा मजाले बिकेका कर्मचारीहरुको अझ कमाउ भन्सार कर वा राजस्व कार्यालयमा सरुवा नहुुने कुुरै भएन। यो संसदीय छानबिन नामक नाटकको सुुखद अन्त्यबाट जनता बाहेक सबैलाई सदाझैं प्रशस्त फाइदा भएको देख्दा र सुुन्दा खुुसी हुुनेमा जनता नै रहेछन्। सत्तापक्ष,प्रतिपक्ष र अन्य सबै पक्ष मिलेर सम्पन्न गरेको यस्तो पुुनित नाटकीय कार्य माथि चोरलाई चौतारो सोझालाई शुुली भन्ने उखान प्रयोग गर्दा अलि बढि होला कि जस्तो देखिएकोले कुुन्नि कसलाई चौतारो सोझालाई शुुली भनेमा ठिक हुुन्छ कि भन्ने जनताको भनाइ सुुनेर केही काम छैन।
Facebook Comment