जनता आवास कार्यक्रम अन्तर्गत तनहुँमा दुई सय ८६ घर निर्माण

काठमाडौं । जनता आवास कार्यक्रमअन्र्तगत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । जिल्लाका १० वटै पालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जीनियर धनमाया मिश्रले जानकारी दिइन् ।
आर्थिक वर्ष २०७५/७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भई आएपछि पूर्वाधार विकास कार्यालयले घर निर्माण थालेको उनले बताइन्। निर्माण गरिएका घरमध्ये दोस्रो किस्तामा चार, तेस्रो किस्तामा ५२ र अन्तिम किस्ता लैजान बाँकी एक सय ४२ घरपरिवार रहेका छन् । उक्त कार्यक्रमका लागि रु एक करोड ५७ लाख बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment