हुर्लुङ-जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता

डिसी नेपाल
२५ साउन २०७९ ७:३०

खोटाङ। खोटाङको हुर्लुङ–जालपा (८ किलोमिटर) सडक मा खसेको पहिरो पन्छाउन निर्माण कम्पनीले बेवास्ता गरेको छ। जिल्लाका उत्तरी पालिका जोड्ने हुर्लुङ–जालपा सडक ग्राभेलको ठेक्का लिएको निर्माण कम्पनी रौता सुसन आदित्य जेभीले वर्षा याममा सडकका विभिन्न ठाउँमा झरेको पहिरो पन्छाउनमा बेवास्ता गरेको हो । २४ महिनामा पूरा गर्नेगरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो।

ठेक्का लागिसकेको सडकमा आउने अवरोध हटाउने जिम्मेवारी सम्वन्धित निर्माण कम्पनीको हुन्छ तर रौता सुुसन आदित्य जेभीले बेवास्ता गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले सडकको अवरोध हटाइरहेको छ। अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ।

हुर्लुङ-जालपा सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ। गत १७ असार यताको वर्षाले पटक-पटक हुर्लुङ-जालपा सडक अवरुद्ध भएको छ।

सो सडक खण्ड अन्तरगत हौंचुर पोखरीमा तेश्रोपल्ट खसेको पहिरो १८ साउनमा पन्छाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । सडक हिलाम्मे हुँदा यात्रा उत्तिकै कष्टकर हुनेगरेको छ।

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पुर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो । तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ।

ठेक्का सम्झौता गरेको वर्षदिनमा निर्माण कम्पनीले हुर्लुङबाट करिब एकरडेढ किलोमिटर मात्र ग्राभेल गरेको छ । हुर्लुङ–जालपा सडक स्वीस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *