खर्कमा छाडिएको दुई गोरुको कंकाल भेटियो, मासुका लागि मारिएको आशंका

डिसी नेपाल
३० साउन २०७९ २१:२८

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा चरनका लागि खर्कमा छाडिएको दुई वटा गोरुको कंकाल भेटिएको छ । रोपाई सकेपछि गत असारमा खर्कमा लगेर छाडिएको जीतबहादुर तामाङ र सरोज राईको एक\एक वटा गोरुको कंकाल फेला परेको हो ।

स्थानीय कुवापानी जंगलमा छाला काढेको, टाउको, हाडखोर अलग–अलग गरेको अवस्थामा गोरुको कंकाल फेला परेको हो । घुँडामुनिको छाला बाँकी छाडेर अन्य छाला काढेर हाडखोर छुट्याइएको अवस्थामा गोरुको कंकाल भेटिएकाले गोरु मारिएको आशंका गरिएको स्थानीय अग्नीप्रसाद राईले बताए ।

हाडखोर गाइवस्तु पुग्न नसक्ने ठाउँमा भेटिएको हो । घट्नास्थल अवलोकन गर्दा गोरुको मासु लगेर हाड र छाला भीरबाट फालिएको हुनसक्ने अनुमान गरिएको छ । मासुका लागि गोरु मारिएको आशंकामा खर्चमा गाईवस्तु छाड्ने स्थानीय चिन्तित बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *