विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने किर्तिमानी खेलाडीले सन्यास लिए
काठमाडौं । आयरल्याण्डका स्टार अलराउन्डर केभिन ओब्रायनले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका छन् । केभिनले आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट सेयर गर्दै यसको घोषणा गरेका हुन् । केभिनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा अतुलनीय सहयोगको लागि आफ्ना प्रशिक्षक, परिवार, पत्नी र आयरिश प्रशंसकहरूलाई विशेष कृतज्ञता व्यक्त गरे।
३८ वर्षीय केभिन ओब्रायन सबैभन्दा लामो समयसम्म आयरिश क्रिकेट खेल्ने खेलाडीमध्ये एक हुन्। केभिन ओ’ब्रायनले १६ वर्षको करियरमा आयरल्याण्डका लागि सबै फरम्याटमा २६६ खेल खेलेका थिए। केभिन ओ’ब्रायनले आफ्नो पोस्टमा खुलासा गरे कि उनी यस वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप पछि सन्यास लिने सोचमा थिए। तर गत वर्षको विश्वकपमा आयरल्याण्डको टी–२० टोलीको लज्जास्पद प्रदर्शनपछि उनले समयअघि सन्यास लिने निर्णय गरेका थिए ।
Thanks ☘️ pic.twitter.com/E4335nE8ls
— Kevin O’Brien (@KevinOBrien113) August 16, 2022
आयरल्यान्डले टी–२० विश्वकप २०२१ को अन्तिम खेलमा नामिबियासँग लज्जास्पद हार बेहोरेको थियो । संयोगवश, त्यो खेल केभिनको अन्तिम अन्तर्राष्ट्रिय खेल साबित भयो। अन्तर्राष्ट्रिय क्रिकेटमा ३६१९ रन बाहेक केभिन ओब्रायनको नाममा ११४ विकेट पनि छ । उनी आयरल्याण्डबाट टेस्टमा शतक बनाउने एकमात्र ब्याट्सम्यान हुन्।
केभिन ओ’ब्रायनका दाजु निल ओ’ब्रायनले पनि आयरल्याण्डका लागि क्रिकेट खेलेका छन्। नियाल र केभिन लामो समय सँगै क्रिकेट खेले। ३८ वर्षीय केभिन ओब्रायन आयरल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा १९७३ रन बनाएर पल स्टर्लिङपछि सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २०१९ मा केभिनको ब्याटबाट टी–२० अन्तर्राष्ट्रियमा ७२९ रन बनेका थिए ।
केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो नाममा दुई शतक बनाएका छन्, जसमध्ये एउटा अविस्मरणीय छ। २०११ को विश्वकपमा केभिन ओ’ब्रायनले ६३ बलमा ११३ रन बनाएर आयरल्यान्डलाई बेङ्लोरमा इङ्ल्यान्डविरुद्ध तीन विकेटले जित दिलाएका थिए। यस क्रममा केभिन ओब्रायनले मात्र ५० बलमा शतक बनाए, जुन विश्वकपको इतिहासमा सबैभन्दा छिटो शतक हो ।
Facebook Comment