नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

डिसी नेपाल
१ भदौ २०७९ ७:१८

काठमाडौं। नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ। योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए। यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे। पाकिस्तानका हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो। यसका फकर जमानले सर्वाधिक १०९ रन बनाए। यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे। नेदरल्यान्डका लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *