महिला साफको नयाँ तालिका आउने
![महिला साफको नयाँ तालिका आउने](https://www.dcnepal.com/wp-content/uploads/2022/08/nepal_womens1638448252.jpg)
काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई प्रतिबन्ध लगाएसँगै महिला साफ च्याम्पियनसिप प्रतियोगिताको तालिका परिवर्तन हुने निश्चित छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपको नयाँ तालिका अर्को बुधबार मात्रै सार्वजनिक गर्ने भएको छ।
यदी फिफाको प्रतिबन्ध कायम रह्यो भने सेप्टेम्बर ५ देखि श्रीलंकामा हुने तय भएको साफ यु १७ परिवर्तन हुने साफले विज्ञप्तिमार्फत जानकारी दिएको छ। महिला साफ च्याम्पियनसिपको हकमा भने समूह र ढाँचा उस्तै रहने र ६ टिमलाई दुई समूहमा विभाजन गरिने साफको विज्ञप्तिमा उल्लेख छ।
बुधबारको बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव र श्रीलंका फुटबल संघका अध्यक्षले प्रतियोगिताको तयारी राम्रो भएको र सरल ढंगले सम्पन्न हुनेमा विश्वास व्यक्त गरे।
साफ महिला च्याम्पियनसिप असोज ११ गतेदेखि दशरथ रंगशालामा हुने तय भइसकेको छ। यस्तै, साफले आफ्नो बार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । जसमा उमेर समूहको खेललाई प्राथमिकमा राखिएको छ।
आगामी कार्यक्रम:
साफ यु२० महिला च्याम्पियनसिप -२०२३
साफ यु १७ महिला च्याम्पियनसिप-२०२३
साफ यु१९ च्याम्पियनसिप- २०२३
साफ यु १६ च्याम्पियनसिप -२०२३
Facebook Comment