कृष्ण र राधाको भेषमा सजिएका बालबालिका (फोटोफिचर)

डिसी नेपाल
३ भदौ २०७९ १५:२६

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

आ–आफ्ना बच्चाहरुलाई कृष्ण जन्माष्टमीको अवसरमा भगवान कृष्ण र राधा जस्तै स्वरुपमा सजाउने र फोटोसूट गर्ने क्रेज बढेको छ । श्री कृष्ण जन्माष्टमीसँगै त्यस्ता किसिमका फोटोहरुले सामाजिक सञ्जाल भरिन थालेको देखिन्छ ।

कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ भने कृष्ण राधाको भेषमा सजिएका बालबालिकासहित रथयात्रा पनि भएको छ ।

देशैभर कृष्ण राधाको भेषमा सजिएका बालबालिकाका केही तस्वीरहरु

 

तस्वीरः रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *