तनावमुक्त जीवनका लागि ध्यान र प्रवचन

डिसी नेपाल
४ भदौ २०७९ २२:४३

बागलुङ । यहाँका लायन्सकर्मी र ओशोभक्तले शनिबारको फुर्सदिलो दिन ध्यान साधनामा बिताएका छन् । दिनभर ध्यान, योगाभ्यास, उत्प्रेरणात्मक प्रवचन र नाचगानमा उनीहरु रमाएका हुन् ।

‘लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ के बागलुङ एरिया’को आयोजना र ओशो अमृतम् ध्यान केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा ओशो तपोवनका स्वामी आनन्द अर्हतले सहभागीलाई प्रवचन दिएका थिए ।

उनले ध्यान साधनाका अनेक विधिसँगै योग पनि सिकाएका थिए । कार्यक्रम संयोजक पार्वती अधिकारीले तनावमुक्त जीवनका लागि एकदिने ध्यान शिविर राखिएको बताए ।

“ध्यानका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्ने, सफल कसरी हुने र आनन्ददायी जीवनयापनका तरिकाबारे स्वामीजीले प्रवचन दिनुभयो”, संयोजक अधिकारीले भने । शिविरमा एक सयभन्दा बढीले सहभागिता जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, ‘लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक ३२५ के’ का डिष्ट्रिक गभर्नर राजेन्द्रकुमार बाटाजुलगायतले रुचीपूर्वक कार्यक्रममा भाग लिएका थिए । शारीरिक, मानसिक स्वाथ्य र आत्मिक शान्तिका लागि ध्यान उत्तम मानिन्छ । मन, विचार र आत्मशुद्धिका लागि मानिस ध्यानतिर लालयित हुने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *