चाँयाले कपाललाई जरादेखि नै कमजोर बनाउँछ, यसबाट बच्ने ३ घरेलु उपाय
काठमाडौं । आजकल सबैको जीवनमा धेरै व्यस्त बनेको छ। कोही कार्यालयको काममा र कोही घरायसी काममा । व्यस्त जीवनशैलीमा आफ्नो हेरचाह गर्नका लागि समय अभाव हुने गर्दछ र त्यती ध्यान दिदैंनौं । आफ्नो ख्याल राख्न कुनै पनि कुरामा सम्झौता गर्नु राम्रो कुरा होइन।
यदि हेर्ने हो भने, यस्ता धेरै समस्याहरू छन्, जसको हामीले सामना गर्नुपर्ने हुन्छ। जसमध्ये एक हो कपालमा पर्ने चाँया । चाँयाले धेरैलाई सताउने गरेको पाइन्छ । यो समस्या जुनसुकै उमेरमा जो कोहीलाई पनि हुन सक्छ। यसबाट छुटकारा पाउनको लागि बजारमा पाइने महँगो र हानिकारक केमिकल युक्त उत्पादनहरू प्रयोग गर्नुको सट्टा घरेलु उपचारको मद्दतले चाँयाबाट छुटकारा पाउन सक्नुहुन्छ।
यी ३ घरेलु विधिले चाँया हटाउँछ:
मेथी– मेथीको दाना हरेक घरको भान्छामा सजिलै उपलब्ध हुने गर्दछ। यसमा एन्टिब्याक्टेरियल गुणका साथै एन्टिफङ्गल गुणहरू छन्। चाँया हटाउन मेथीको दाना लाभदायक हुन सक्छ। यसले कपाल झर्न पनि नियन्त्रण गर्छ ।
मेहेन्दी पाउडर – कपालको स्वास्थ्यका लागि दशकौंदेखि, मेहेन्दी पाउडर प्रयोग गर्ने गरिएको पाइन्छ। मेहेन्दी पाउडरको हेयर मास्कले कपाललाई मात्र होइन, नरम, चम्किलो र सुन्दर पनि बनाउँछ। चाँया हटाउन पनि मेहन्दी पाउडर उपयोगी साबित हुन सक्छ।
नीम पात– यदि कपालमा चाँया, चिलाउने समस्या छ भने निमेको पात यसको लागि फाइदाजनक हुन्छ। नीमको पातले कपाललाई प्राकृतिक रूपमा पोषण दिन्छ। यसमा पाइने एन्टिब्याक्टेरियल, एन्टी फंगल र एन्टी इन्फ्लेमेटरी गुण टाउकोको लागि धेरै राम्रो हुन्छ।
चाँया कपालका लागि निकै हानिकारक हुन्छ । यी प्राकृतिक उत्पादनहरू तपाईंको कपालको लागि केमिकलले भरिएका उत्पादनहरू भन्दा धेरै राम्रो हुने गर्दछ ।
Facebook Comment