पीएसजीको फराकिलो जित
काठमाडौं। युवा स्टार खेलाडी केलियन एम्बाप्पेको ह्यट्रिक प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ। आइतबार राति पिएसजीले लिललाई ७-१ अन्तरले पराजित गर्यो । सहज जित निकाल्ने क्रममा एमबाप्पेले ह्याट्रिक गरे भने नेयमारले दुई गोल गरे।
यस्तै, लियोनल मेस्सी र आचराफ हाकिमीले एक एक थपे। लिलका जोनाथन बाम्बाले एक गोल फर्काए। पिएसजीले पहिलो मिनेटमै गोल गरेको थियो । एम्बाप्पेले एक मिनेट हुन नपाउदै सुरुवाती अग्रता दिलाएका थिए । पिएसजीले पहिलो हाफमा चार गोल गरेको थियो।
लगातार तेस्रो जितसंगै पिएसजीले ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ । लिल ४ अंक जोडेर १२ औं स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment