घरमा यस्तो ‘शो पीस’ राख्नुभएको छ? तुरुन्तै हटाउनुहोस्, ठूला वास्तु दोष निम्त्याउँछ!

डिसी नेपाल
६ भदौ २०७९ ८:४३

काठमाडौं । मानिसहरुले घर सजाउने क्रममा यस्ता गल्ती गर्छन जसले गर्दा प्रमुख वास्तु दोष निम्त्याउँछ । घरमा ताजमहलको शोपीस राख्नु वा ताजमहलको फोटो राख्नु पनि ठूलो गल्ती हो।

वास्तुशास्त्रमा ताजमहललाई घरमा राख्दा नराम्रो परिणाम हुने बताइन्छ । प्रेमको प्रतीक ताजमहल निकै सुन्दर देखिन सक्छ तर यसको फोटो वा शोपीस घरमा राख्नु वा उपहारको रूपमा लिनु राम्रो होइन।

ताजमहलले घरमा नकारात्मकता ल्याउँछ:
आफ्नी श्रीमती मुमताजको मृत्युपछि शाहजहाँले उनको सम्झनामा ताजमहल बनाएका थिए । हिन्दू धर्ममा चिहान वा समाधिको तस्विर घरमा राख्नु राम्रो मानिदैंन, किनभने यसले नकारात्मकता ल्याउँछ। त्यसैले घरमा ताजमहलको तस्बिर कहिल्यै नराख्नुहोस् वा यसको शोपीस नराख्नुहोस्।

वास्तुशास्त्रका अनुसार ताजमहललाई घरमा दु ख, समाधि, मृत्युसँग जोड्दा यस प्रकारले वास्तुदोष उत्पन्न हुन्छ। यो वास्तुदोषले धेरै समस्या ल्याउँछ। यसले घरका मानिसको प्रगतिमा बाधा पु¥याउँछ । तिनीहरू रोगको शिकार हुन्छन्। आर्थिक हानि हुन्छ वा आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ ।

त्यसैगरी ताजमहलको तस्विर वा शोपीस उपहारमा नदिनुहोस् र नलिनुहोस्। त्यसो गर्नु पनि राम्रो मानिदैंन । यदि तपाईलाई ताजमहल उपहारको रूपमा प्राप्त भयो भने, यसलाई घरमा ल्याउनुहोस् वा घरमा नसजाउनुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *