बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव (फोटो फिचर)

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ। मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ।
निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।
लुकका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् भने केही ठाउँमा सवारी साधनमाथि बन्द आह्वानकर्ताले आगजनी गरेका छन्।
बन्दकर्ताले मंगलबार विहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका छन्। चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेका थिए। आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ।
यसैगरी कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्। यता राजधानी काठमाडौंमा पनि बन्दकर्ताले सवारी साधनमा ताडफोड गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
चार कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।
Facebook Comment