बलात्कार मुद्धाका दोषी १८ बर्ष पछि पक्राउ
सुनसरी । जबरजस्ती करणी मुद्दाका फरार रहेका एक ब्यक्ति १८ बर्ष पछि पक्राउ परेका छन ।
बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए ।
सो घटनमा संलग्न भएको भन्दै विश्वकर्मालाई सर्वोच्च अदालतले ९ वर्ष ५ महिना १९ दिन कैद ठहर गरेको थियो ।
लुकिछिपी बसेको अवस्थामा प्रहरीले बराहक्षेत्र–५ भरौलबाट पक्राउ गरेको हो । पक्राउ परेका विश्वकर्मालाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।
प्रतिक्रिया
Facebook Comment