तीन महिनादेखि उदिपुर पहिरोले अवरुद्ध बाटाेकाे विकल्प खोजिएन

डिसी नेपाल
१० भदौ २०७९ ११:४८

लमजुङ। लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका-१ उदिपुर सडकखण्डमा पहिरोले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो। तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन। गत वर्ष नै गएको पहिरोले सडक बगाएपछि बुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो।

यसवर्ष वर्खा लाग्ने बित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाक समेत पूरै सडकलाई नै पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ। अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो।

त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्‍यै हुँदा तल बाटो थुनिरहेको छ। बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ। तर, कहिले बेसीशहरबाट चिप्लेटीसम्म र उदिपुरबाट फेरि अर्को गाडीमा यातायात गर्नुपर्ने बाध्यता वा सास्ती भोग्नु परिरहेको छ।

चिप्लेटीबाटै माथि धिमिरेको बाटो हुँदै उदिपुर पुग्ने सडक पनि उपयोग गर्न खोजियो त्यो पनि कामयावी हुन सकेन। यो सडक नगरपालिका भित्र भए पनि डुम्रे–बेसीशहर–चामे सडक भएकाले डिभिजन कार्यालयले हर्ने हो। जसका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल बताउँछन्।

टेण्डर आह्वान हुने कहिले हो, ठेक्का पर्ने कहिले हो, र बाटो बन्ने कहिले भविष्य अनिश्चित छ। त्यो बेलासम्म लमजुङ र मनाङवासीले सास्ती भोगिरहनुको विकल्प छैन। अघिल्लो वर्ष नै बनाउनु पर्ने सडक हो, ८ करोड परेको थियो, के हेरेर बसेका थिए ? प्रश्न गर्छन् लमजुङ उद्योग वणिज्य संघका पूर्व अध्यक्ष राजेश थापा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *