नेपाल टस जितेर फिल्डिङमा

डिसी नेपाल
१० भदौ २०७९ १६:३१

काठमाडौं। केन्याविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय गरे ।

नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो ।

नेपाल र केन्याबीचको टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।

केन्याविरुद्ध नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफ, आदील आलम, बसिर अहमद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *