बालपन (कविता)

डिसी नेपाल
१२ भदौ २०७९ ८:०८

झलमल्ल घामका सुमधुर किरणमा
निर्दोष बालबालिका आफैमा मख्ख
घरि यता कुद्छन् घरि उता कुद्छन्
कस्तो रमणीय पलको जीवन छ यो
जहाँ कसैसँग केही आशा भाव छैन
सबैमा अनौठो स्वीकार्यता मिश्रण
घामको किरण सगै पोखिइरहेछ।

सृष्टिको उत्कृष्ट रचनामा यो बालपन
पक्कै कलंकवीनाको क्षण हु्दोँ रहेछ
कालो देखे पनि खुशी छन् पलहरु
गोरो देखे पनि खुशी छन् पलहरू
क्षण निमषमै सब समान बन्छन्
निस्वार्थ भावले सबलाई अगाल्छन्
कस्तो आनन्दमय पल यो बालपन।

खेलौं खाऔं कि उफ्रौं आफैंमा कतै
आफ्नै आफ्नैमा भित्र मेल बनाऔं
रचौ न सृष्टि बनाउन आफ्नै घरबार
कोही कसैसँग आफ्नो परभाव छैन
कोही कसैसँग आफ्नो दूरभाव छैन
आफू आफैमा मित्रभाव अनि मेल छ
कस्तो स्वर्ग जस्तो छ मिठो बालपन।

नयाँ चीजबस्तुमा सानो ठुलो भन्ने छैन
प्राप्त सानो वस्तुमा खुशीयाली छ ठूलो
सबै सबैमा आफैमा पूर्णता छ बिशाल
न दुखको न अभावको छ अनुभूति
न आजको न साँझको छ चिन्ता भित्र
कस्तो अचम्मको पल हो यो आफ्नै
सव घडी सब समय छ आफैमा बराबर
कस्तो मिठो छ अनुभवको यो बालपन॥

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *