शरीरमा यी लक्षण देखा परेपछि रोक्नुहोस् बियरको सेवन

डिसी नेपाल
१५ भदौ २०७९ १२:११

काठमाडौँ। मदिरा सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ। अत्याधिक मात्रामा मदिरा सेवन गर्नाले धेरै गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। मेयो क्लिनिकका अनुसार दैनिक मदिरा सेवन गर्नाले धेरै नराम्रो साइड इफेक्ट हुन्छ।

सबै प्रकारका अल्कोहलयुक्त पियहरू जस्तै, बियर पनि अत्यधिक मात्रामा सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ। बियर पिउने धेरैजसो मानिसहरुले एकै पटक धेरै बियर पिउने गर्छन्। अत्याधिक मात्रामा बियर सेवन गर्दा पाचन सम्बन्धी समस्या, निन्द्रा नलाग्ने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छन्। साथै, लगातार बियरको सेवनले मोटोपना, उच्च रक्तचाप, कलेजो बिग्रनु, मुटु रोग र डिप्रेसनको जोखिम पनि निकै बढ्छ।

त्यसैले यी संकेतहरु देखा परेमा बियर पिउन छोड्नुपर्छ।

उच्च रक्तचाप- यदि तपाइँ दैनिक बियर सेवन गर्नुहुन्छ र तपाइँको रक्तचाप उच्च रहन्छ भने, बियर छोड्नु तपाइँको लागि धेरै लाभदायक साबित हुन सक्छ। मदिराको अत्याधिक सेवनले हृदयाघात र स्ट्रोकको जोखिम बढाउँछ।

निद्राको कमी, अनिद्रा र दिउँसो निन्द्रा लाग्नु – मदिरामा पाइने केही तत्वका कारणले गर्दा तपाईले मदिरा पिउनेबित्तिकै निन्द्रा लागेको जस्तो हुन्छ तर गहिरो निन्द्रा लाग्दैन । साथै, मदिराको कारण तपाईलाई बारम्बार पिसाब लाग्ने गर्दछ, जसका कारण तपाई गहिरो निन्द्रा लिन सक्नुहुन्न। एमएस.आरडी काइली इभानिर नामकी आहारविद् भन्छिन् कि यदि तपाई राम्रो निन्द्रा लिन चाहनुहुन्छ भने सुत्नुअघि बियरको सेवन नगर्नुहोस्।

कलेजोमा इन्जाइम उच्च  हुनु – कलेजो इन्जाइमहरू पत्ता लगाउन, तपाईंले वर्षमा एक पटक आफ्नो शारीरिक जाँच गर्नु महत्त्वपूर्ण छ। अत्याधिक मदिरा सेवनले कलेजोमा इन्जाइमको मात्रा बढ्न सक्छ। कहिलेकाहीँ औषधि र संक्रमणका कारण पनि कलेजोको इन्जाइम उच्च हुन्छ । इभानिरले भने, “यदि तपाईंको रगत परीक्षणले एएसटी (एस्पार्टेट एमिनोट्रान्सफेरेज) र एएलटी (एलानाइन ट्रान्समिनेज) जस्ता उच्च कलेजो इन्जाइमहरू देखाउँछ भने, यसको मतलब तपाईंको कलेजोलाई ब्रेक चाहिन्छ।

तनाव- यदि तपाई तनाव र चिन्ताले सताइरहनुभएको छ भने तपाईले कति बियर पिउनुहुन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ । बियर पिउनाले शरीरमा कोर्टिसोलको स्तर बढ्छ, जसले तनाव र चिन्ता बढाउँछ।

धेरै बिरामी हुनु- यदि तपाई धेरै बिरामी हुनुहुन्छ भने तपाईले यसको लागि बियरलाई दोष दिन सक्नुहुन्छ। जब तपाईं धेरै मदिरा सेवन गर्नुहुन्छ, यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ, जसले तपाईंलाई बिरामी हुने सम्भावना बढाउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार मदिराको अत्याधिक सेवनले एचआइभी हुने जोखिम निकै बढ्छ किनभने यसले रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ, साथै यौन व्यवहारमा पनि परिवर्तन हुन्छ।

ग्लुटेन सेन्सिटिभिटी – बियर पिउने हरेक पटक असहज महसुस गर्दै हुनुहुन्छ? यसको एक कारण ग्लुटेन हुन सक्छ। जौ, गहुँ र राईमा पाइने एक प्रकारको प्रोटिन ग्लुटेन सेवन गरेपछि मानिसलाई एलर्जी आदि समस्याको सामना गर्नु पर्ने समस्यालाई ग्लुटेन सेन्सिटिभिटी भनिन्छ। धेरैजसो बियर जौ, गहुँ र राईबाट बनाइन्छ। यी सबैमा ग्लुटेन हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *