अमानवीय क्रियाकलापमा संलग्नलाई नछोड्न गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
२५ साउन २०७५ १२:३८

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरूलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिनुभएको छ।

चितवनको प्रहरी अधिकृत शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालीम २-१७४ औंँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै थापाले समाजमा महिला, दलित, सीमान्तकृत वर्ग लगायत समुदाय प्रति हुने गरेका अमानवीय घटनाका पीडकलाई दण्डित गर्ने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहने बताए।

राज्य पुनःसंरचनाको कार्य संक्रमणमा नै रहेको अवस्थामा विखण्डनकारी र राज्यप्रणालीप्रति असन्तुष्टहरुले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै उनले प्रहरीले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रुपमा त्यस्तालाई कारवाही गर्न कुनै कसर बाँकी राख्न नहुने बताए।

आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानूनी व्यवस्थालाई ध्यानमा राखी कानूनी रुपान्तरणको अवस्थामा यसको प्रभावकारी कार्यान्वयन गर्न प्रहरी लाग्नुपर्ने थापाले बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताको सुरक्षामा प्रतिबद्ध भएर लाग्न निर्देशन दिए।तालिममा सहभागी ४४१ मध्ये ४३२ जना दीक्षित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *