पोषक तत्वको कमि हुँदा शरिरमा देखिन्छ यस्तो लक्षण
काठमाडौं । हाम्रो शरीरलाई दैनिक विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ । जुन हामीले सामान्यतया खानाबाट प्राप्त गर्ने गर्दछौं । शरीरमा एउटै पौष्टिक तत्वको पनि कमी भएमा शरीर कमजोर हुन्छ। यस्तो हुँदा सधैं थकानको महसुस हुने गर्दछ ।
धेरै मानिसहरू भिटामिनको कमीको सामना गरिरहेका छन्। त्यसैले हामी पनि समयमै सचेत हुनुपर्छ । पोषण विशेषज्ञहरुका अनुसार धेरैजसो स्वस्थ देखिने मानिसहरु आन्तरिक रुपमा कमजोर हुने बताइएको छ ।
भिटामिनको कमीका असरहरु:
भिटामिनहरू धेरै प्रकारका हुने गर्दछन् ए, बी, सी, डी, ई र के। प्रत्येक पोषक तत्वको आ–आफ्नै महत्त्व हुने गर्दछ । यी तत्वहरुले शरीर धेरै फाइदा गर्ने गर्दछ। यिनीहरूको कमीले शरीर कमजोर हुन्छ। हड्डीहरू खुम्चिन थाल्छ, मांसपेशीहरू पनि दुख्न थाल्छन्। छाला सुख्खा र खुकुलो हुनुका सथौ टाउकोको कपाल पनि कमजोर हुन थालेको धेरै केसहरु छन् ।
ऐठन हुनु वा खुट्टा बौडिनु– शरीरमा पोषणतत्वको कमीका कारण खुट्टा बौडिने, मांसपेशी फर्किने समस्या हुने गर्छ । शरीरमा मैग्नेसियम, कैल्सियम, पोटासियम लगायतको पोषण तत्वको कमीका कारण यस्ता समस्या निम्तने गर्छ ।
छालाको समस्या– पोषक तत्वको कमी हुँदा चाउरीपना, दण्डीफोर, दाग, एर्लजी लगायतका समस्या बढी हुनेगर्छ । भिटामिन ए, बी ३, सी, ई, बायोटिन, ओमेगा ३ फैट, कपर, सेलेनियम, जिंक लगायतको तत्वलाई खानामा सामेल गरेमा मात्र पनि यस्ता समस्याबाट स्वत छुटकारा पाउन सकिन्छ ।
पाचन तन्त्रको समस्या– कमजोर पाचन तन्त्रका कारण कब्जियत, पेटफुल्ने, पखाला लगायतका समस्या निम्तने गर्छ । यी सबै समस्या भिटामिन बी ११ , बी ८, बी १२ , सी, डी, ई, के, आयरन, सेलेनियम । मैग्नेसियम, जिंक लगायतका स्वस्थ पोषण तत्वको कमिसँग सम्बन्धित हुनेगर्छ ।
नङको समस्या– नङमा हुने समस्या पनि पोषण तत्वसित सम्बन्धित हुने गर्छ । विशेषगरी मैग्नेसियम नामक तत्वको कमीका कारण नङ टुट्ने गर्छ । त्यस्तै, नङ सेतो हुने, नङ्गमा दाग लाग्नु, नङ चिरा पर्नु, कमलो नङ, रुखो नङले पनि शरीरमा पोषक तत्व कमी भएको संकेत गर्छ ।
कमजोर प्रतिरक्षा प्रणाली– शरीरमा पोषक तत्वको कमी हुँदा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। शरीरले विभिन्न रोगसँग लड्न सक्दैन, जसका कारण हामी बारम्बार विरामी हुने गर्छौ । यस हिसाबले कमजोर प्रतिरक्षा प्रणाली पनि पोषणसित सम्बन्धित हुने गर्छ । भिटामिन ए, सी,डी, ई, क्रोमियम, सेलेनियम, मैग्नेसियम , जिंक लगायतका आवश्यक पोषक तत्वको कमीका कारण यस्तो समस्या निम्तने गर्दछ ।
गिजाबाट रगत आउनु– पोषण तत्वको कमीका कारण पनि गिजाबाट खून निस्कन सक्छ । यस्ता समस्या विशेषगरी, जिंजिभाइटिस, पायरिया, पेरियोडोटाइटिस, भिटामिन सी, क्यू १०, फोलिक एसिड, प्रोटिनको कमीका कारण हुने गर्छ ।
कमजोर कपाल– शरीरमा आवश्यक पौष्टिक तत्वको कमीका कारण शरीर मात्र नभई कपाल समेत प्रभावित हुने गर्छ । पोषण तत्वकै कमीका कारण कपाल रुखो तथा कमजोर हुने गर्छ । खानामा भिटामिन बी ५, बी ६, बी १२, बायोटिन , क्लोरिन लगायतको पोषक तत्वका कमीका कारण यस्ता समस्या हुने भएकोले यी खानेकुरालाई बेलैमा आफ्नो दैनिक खानेकुरामा समावेश गर्न जरुरी छ ।
कमजोर हड्डी– शरीरमा भिटामिन ए, भिटामिन सी, डी, क्रोमियम, कैल्सियम, मैग्नेसिय, जिंक, मोलिब्डेनम लगायतको आवश्यक पोषण तत्वको कमीका कारण हड्डी कमजोर हुने गर्छ ।
आँखा सम्बन्धि समस्या–आँखाका लागि आवश्यक पोषकतत्वको कमीका कारण पनि यस्ता समस्या आउने गर्छ । आखा कमजोर हुनु, मोतियाविन्दु, आँखा सुन्निनुले पनि शरीरमा पोषण तत्व कमी भएको संकत गर्दछ ।
कस्ता मानिसहरूलाई बढी भिटामिन चाहिन्छ ?:
कुनै पनि व्यक्ति भिटामिनको कमीको सिकार हुनसक्ने भए पनि वृद्धवृद्धा र गर्भवती महिलालाई यसको बढी जोखिम हुन्छ । रोगमा निश्चित औषधि सेवन गरेमा पोषक तत्वको कमी हुन सक्छ । यस बाहेक युवायुवतीले स्वस्थकर खानेकुराको सट्टा उल्टो केही खान थालेमा भिटामिन र अन्य पोषक तत्वको पनि कमी हुन्छ ।
मल्टिभिटामिन लिनुहोस्:
यदि तपाईको शरीरमा पोषक तत्वको कमी छ भने त्यसलाई हटाउन मल्टिभिटामिन सप्लिमेन्ट लिन सकिन्छ । यसको सेवनले भिटामिनको कमी मात्र नभई शरीरलाई क्रोमियम, जिंक, सेलेनियम, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता मिनरल्स पनि पाइन्छ ।
मल्टिभिटामिन खानुका फाइदाहरू:
मल्टिभिटामिन खाँदा शरीरलाई अत्याधिक ऊर्जा प्राप्त हुन्छ, तपाईंको शरीर र स्नायु प्रणाली राम्रो हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। तपाईं महामारीको समयमा पनि सुरक्षित हुनुहुन्छ। यदि तपाईलाई खुट्टा, शरीर र हातमा दुखाइ छ भने, मल्टिभिटामिन तपाईको लागि रामबाण साबित हुन सक्छ।
Facebook Comment