व्यंग्य : अरुलाई हकार्ने आफू चाहिँ डकार्ने

बलदेव महत
२५ भदौ २०७९ ७:५०

निलम्बित प्रधान न्यायमूर्तिइको फुर्ति हेर्दा कसैले भित्री मनदेखि नमाने पनि माननीय भनिने समूह अचम्ममा परेछ। आफूले कनिकुुथि बनाएका र यिनै प्रश्नहरु सोधेर निजलाई कायल गराउँ भनेर सहमति जनाएका अनि राम्ररी जवाफ दिनु भनेर अभियुक्तलाई पनि मनाएका सांसदहरुले प्रश्न सुरु गर्दा निजलाई फसाउने र महाभियोग प्रमाणित गरेर सबै सरकारी सुबिधाबाट बन्चित गराउँदै पक्का घरमा बसाउने भए जस्तो देखिएको थियो। सबैले यही आशा गरेपनि जवाफ सुरु भएपछि पासा पल्टिने पो हो कि जस्तो देखियो।

राजधानी महानगर पालिकाका कानुनी सल्लाहकार, न्यायकर्मी, उच्च अदालतका न्यायमूर्तिइ, पुुनराबेदन अदालतका न्यायमूर्तिइ, सर्बोच्च अदालतका न्यायमूर्तिइ हुँदै प्रधान न्यायमूर्तिइसम्म हुुँदा अनेक खाले उट्पट्याङ र अनौठा फैसलाहरु गरेर सम्भवत सबैभन्दा बढी रकम हसुुरेर मजाले डकारेका अभियुक्तले जवाफ दिने क्रममा माननीय समेत रहेका प्रश्नकर्तालाई ठाडठाडै हकारेका दृश्य टिभिमा हेर्दा यी माननीयहरु भन्दा पत्रु समूह अरु कोही रहेनछ भनेर सबैले सकारेका हुुन् कि जस्तो देखिए पनि जनताले चाहिँ पटक्कै बिश्वास गरेका छैनन्।

सोधपुछको पहिलो दिन माननीयहरुको सटरपटर हेर्दा केही लछार्छन् र अभियुक्तलाई लागेको महाभियोग पुुष्टि गरेर मजैले पछार्छन् कि क्या हो जस्तो देखिएको थियो। दोश्रो दिनपनि माननीयहरु निकै कड्किने, आफूले सुुन्न चाहे अनुुसार ठ्याक्कै जवाफ नआएकोले पड्किने, अभियुक्तको लामोलामो असान्दर्भिक जस्तो देखिने जवाफ नबुझेर अड्किने र समितिले सोचेको जवाफ नपाएर भड्किने गरेको देख्दा सांसदहरु अरु सबै कामहरुमा जस्तै छानबिन र सोधपुुछको लागिपनि निकै सक्षम होलान् भन्ने सोचेका सबैले उनीहरुको क्षमता र स्तर राम्ररी बुुझ्ने मौका पाए।

सोधपुुछको दोश्रो दिनसम्म निकै जागरुक र क्रियाशिल हुुँदै निकै चासो लिएर राम्रो र सुुरुमा मिठो भाषा प्रयोग गर्दै अन्तिमतिर झर्किफर्की, घुर्की, धम्की, असन्तुुष्टि र खोजेको जवाफ नपाएर रिसाएको कारणले यो बयानमा सबैकुुरा मिसाएको देखियो। महाभियोग प्रस्तावमा सही धस्काउने पाँच जना माननीयहरुपनि छानबिन हो कि बयान लिने सिफारिश समितिमा भएपछि प्रधान न्यायमूर्तिइलाई राम्रै मसला मिलिहाल्यो।

महाभियोग लगाएर निलम्बन गरेको छ महिनापछि बयान हो कि सोधपुुछ सुुरु गरेकोले र त्यसका प्रस्तावक मध्येकै माननीयहरु सिफारिश समितिमा बसेका हुनाले यसको बैधानिकता समाप्त भइसकेको र यसको म्याद उहिल्यै गइसकेको भनेर प्रधान न्यायमूर्तिले ठोकुवा गरेर बोलेपछि अनि आफूलाई सोधेका प्रश्नहरुको जवाफ दिनुभन्दा अरुलाई पोलेपछि तिनले लिएको सपथको पालना भयो कि भएन होला भनेर जनता अलमलमा परेका छन्।

उनले ललिता निवासको मुुद्दामा फैसला होला र त्यसले स्वघोषित अत्यन्त नैतिकवान नेता भनेर चिनिने कोटेश्वरे कामरेडलाई समेत राजनैतिक भबिष्य नै धरापमा पर्ने गरी छोला भन्ने भएपछि महाभियोग लगाइएको भनेर किटानीका साथ भनेछन्।

ललिता निवासको सरकारी जग्गा बेचबिखन र हिनामिनामा सरकारको माथिल्लो तहदेखि अदालत मन्त्रालय मालपोत आदिसम्म बिचौलियाको भूमिका अत्यन्त सफलता पूर्वक पूरा गरेका हुुनाले बक्सिस हो कि कमिशन स्वरुप आफ्नो छोराको नाममा आठ आना जग्गा दर्ता गरि पछि लुसुक्क फिर्ता गरेर खुसुुक्क चोखिने ललिता निवासको जग्गा काण्डका हर्ताकर्ता भैँसेपाटिको भब्य महलमा राजसी ठाँटसहित दुुखजिलो गरि बसेका बुुटवलका सुकुम्बासी पौडेल कामरेड पनि माननीयको हैसियतमा सोही बिषयमा प्रश्न सोध्न बसेका देख्दा टिभि हेर्ने जनताले पनि हाँसो थाम्न सकेनन् रे।

प्रधान न्यायमूर्तिले अगाडिका प्रधान न्यायमूर्तिहरु, सहकर्मी न्यायमूर्तिहरु, बारका पदाधिकारीहरु, स्वनामधन्य बिद्वान कानुुन ब्यबसायीहरु, गठबन्धनका शिर्ष नेताहरु,माननीयहरु, प्रशासकहरु आदिको धोती खुस्काएर भएपनि धेरै अगाडिदेखि खुस्केर उदांगो भएको आफ्नो धोती बचाउने र अहिलेसम्म लाज शरम र घिन आदि सबै बिर्सेर हसुुरेको नगद सर्लक्क पचाउने बिचारले अपनाएको सजिलो तरिका देख्दा यिनी सामान्य मान्छेले सोचेभन्दा निकै बढि नै चालुु रहेछन् भन्ने सबैलाई पक्का भएको छ। यिनको बयान सुुन्दा र माननीयहरुको कार्य क्षमता देख्दा अदालतलाई सम्मानित भन्नु र सांसदहरुलाई माननीयमा गन्नुु बेकार नै हो भन्नेहरुका कुरामा ध्यान दिन त्यति उपयुक्त हुुँदैन होल।

आफ्नो दर्जा ओहोदा र मान सम्मानको इज्जत राख्न नसक्नेहरुलाई दिइएको सम्मान सूचक आदरार्थी शब्दहरुपनि त्यस्तालाई घाँडो हुुने भएकोले यस्तालाई चाँडो त्यसबाट हटाउन उचित हुुने जस्तो देखियो। आफ्नै मान राख्न नसक्नेलाई अरुले कान समातेर बलजफ्ती त्यहाँ पुर्‍याएर खासै काम लिन नसकिने रहेछ भन्ने सबैले अलिअलि बुझ्दै आएका हुन् कि जस्तो छ।

अहिलेसम्म जति ठाउँमा काम गर्यो त्यति नै ठाउँमा आजसम्मको सबैभन्दा ठूलो भ्रष्टाचारी न्यायमूर्ति भनेर चर्चा पाएर भ्रष्टाचारको रेकर्ड तोडेको र त्यस क्षेत्रका सबै कहलिएका भ्रष्टाचारीहरुलाई पछाडि छोडेको हल्लामा जनताको बिश्वास नभएपनि निजको गतिबिधि र आनिबानी हेर्दा हल्लामा केही सत्यता रहेछ कि भनेर अड्कल गर्नेहरुलाई बल पुगेकै हुन पर्छ अनि यस्ता सक्षम ब्यक्तिलाई महाभियोग लगाउनेहरुले भबिष्यमा रुन पर्छ भन्नेहरुपनि नभएका होइनन्।

पहिलेपनि आफ्नो रुचि अनुुसारको काम नगर्नेहरुको सूचि बनाएर यिनैले महाभियोग लगाउँदै र आफ्नो इच्छामा नचल्नेलाई तर्साएर भगाउँदै गर्न खोजेकोमा यथेष्ट गृहकार्यको कमिले गर्दा फिर्ता लिँदै र अघोषित सफाइ दिँदै आएको देखिएकै हो।

यो महाभियोगमा त झन् संबिधान, बिधान, नियम कानुुन केहिले पनि गर्न नमिल्ने परमादेश गरी आफैंलाई सडकबाट टपक्क टिपेर थपक्क सरकारमा राख्ने ऐतिहासिक महापुुरुषलाई आफैंले महाभियोग लगाउन सक्ने भनेपछि यिनिहरुलाई भबिष्यमा कसले बिश्वास गर्ला भन्नेसम्मको हल्ला चलेकोपनि सुुनियो।

आम चुुनावमा शर्मनाक नतिजा आउँदापनि भाइ भतिजा बाहेक अरुलाई मौका नदिने सिद्धान्त अबलम्बन गरेको बात लागेका नेताहरुलाई एकै आदेशमा कसैले नचिताएको स्थानमा बसाल्न र बालकोटे कामरेडलाई बालुुवाटारबाट बालकोट पुग्ने गरी खसाल्न सक्ने ब्यक्तिलाई महाभियोग लगाउनुु भनेको जुुन थालमा खायो त्यसैमा कुुन्नि के गर्नु जस्तै हो भन्ने जमातलाई जवाफ दिन कुुनै जरुरी छैन।

महाभियोग लागेका अभियुक्तलाई छनबिन सोधपुुछ गरेर वा बयान लिएर सिफारिश गर्ने समितिका माननीयहरु यिनको जवाफ हो कि उत्तर सुुनेर दोश्रो तेश्रो बसाइबाटै वाक्क दिक्क भएजस्तो गरेको देख्दा छानबिनमा कुनै धैर्यता भन्ने चिज नचाहिने रहेछ भनेर सबैले जानने मौका पाए।

उनीहरुलाई छोटो समयमा ठ्याङठ्याङ जवाफ दिएर काम सजिलो नबनाइदिएको र सबै आरोपमा सहमति नजनाइदिएको हुुनाले चित्त नबुझ्नु स्वाभाबिक हो। अहिलेसम्म संसदमा गएर उँघ्ने र कुन दुलोबाट रकम झर्छ भनेर सुुँघ्ने बाहेक अरु कुनै माखो नमारिकन दुुई दुुईवटा संबिधान सभादेखि अहिलेको संसदसम्म भत्ता र सुुबिधा पचाउने बाहेक अरु केही नगरि बसेका माननीयहरुलाई सोधपुुछ गरेर कुनैपनि कुरो पत्ता लगाउन त गाह्रो पो हुुने रहेछ भन्ने भर्खरै थाहा भएछ।

नत्र अरु काममा त के थियो र? मन लागे गयो मन नलागे नगयो,एकअर्कामा ख्यालठट्टा गर्यो, हाँस्यो, जिस्कियो, घोचपेच गर्यो, बिभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा भाग लियो, घोक्रो फुलाएर भाषण ठोक्यो,एनजिओ।

आइएनजिओको कार्यक्रममा गयो, भत्तामा मोटो रकम बुझ्यो, देश बिदेश भ्रमणमा गयो, अझ श्रीमान श्रीमतीको जोडी नै सांसद हुुनेहरुले त सँगसँगै जाने गरी मिलायो, घुुम्यो आयो, देशपनि हेर्यो हावापानी पनि फेर्यो, क्या मजा। सके आफैं सरकारमा पुग्यो नपुुगेपनि यसो बिरोधमा अलि कडा बोलिदिएपछि नोटको घडा निवासमै खडा भइहाल्ने हुुनाले सरकारमा भएपनि वा नभएपनि खासै फरक पर्ने कुरो आएन।

अहिलेसम्म आफूले जे बोलेपनि र जुुन बिषयमा मुुख खोलेपनि ताली बज्ने वा श्रोताहरु हाँस्ने बाहेक अरु केही भएको थिएन। यसपाली त कुुरा अर्कै परेको मात्रै होइन चर्कै पो पर्यो भन्ने सबैलाई लागेको छ। अन्य बयानहरुमा अभियुक्तहरु डराउने, तर्सिने, केहीबेर अटेर गरे पनि केही समय पछि कायल हुुने, अलिकति मेहनत गर्नासाथ साबिति बयान दिएर सहयोग गरिहाल्ने र केही कडाइ गर्नासाथ लल्याक लुुलुुक परिहाल्ने गरेको देखिन्थ्यो सुुनिन्थ्यो। यसमा बयान दिने अभियुक्त त साह्रै चाम्रो परेकोले सुन्नेलाई निकै राम्रो लागेको हो कि जस्तो छ।

सत्ता गठबन्धनका शिर्ष नेताहरुले आफ्नो तिक्ष्ण बुुद्धिको भरपुर प्रयोग गर्दै सर्पपनि मर्ने र लौरोपनि नभाँचिने सजिलो बाटो अपनाएर प्रधान न्यायमूर्तिलाई अदालतबाट घरमा बसिबसी अवकाश हुुने राम्रो उपाय लगाएर महाभियोग लगाउन सक्ने संबैधानिक ब्यबस्थाको भरपुर सदुपयोग गरेका हुन्। यसको बिधि प्रकृयालाई पुरै धोती लगाइदिएर छ महिना पछि सबैको आँखामा छारो हाल्ने उही तिक्ष्ण बुद्धि प्रयोग गर्दै संसदीय सिफारिश समिति बनाएर कुनै हालतमा पास नहुने भनेर मान्दामान्दै र यसको नतिजा यही आउँछ भनेर जान्दाजान्दै बयान लिने नाटकिय कर्म गरेर आफ्नो हावादारी धर्म निर्बाह गरेजस्तो देखाउनुु अति राम्रो संसदीय अभ्यास हो।

आउँदो आम चुुनावले गर्दा मन नहुुँदा नहुँदै पनि संसद बिघटन भएर पूर्ब माननीय हुुन झण्डै एक हप्ता जतिमात्रै बाँकि हुुँदा बयानको लागि तयार गरिएका कतिवटा प्रश्नहरुको जवाफ आउने हो थाहा नभएकोले अपुरो बयान लिएर अधकल्चो छानबिनबाट सिफारिश गर्नपनि नमिल्ने भएपछि समय भएको भए म यसो गर्थेँ उसो गर्थेँ भन्दै बेलुुका तानेको सुुरमा बर्बराउनुु र ठोस कुुरा गर्न धर्मराउनु सामान्य हुुन्छ।

आफैंले चुुनावमा टिकट पाउने हो कि होइन भनेर भोक तिर्खा र निद्रा बिर्सेर हिँडेको अबस्थामा के को महाभियोग कताको महाभियोग? अझ गठबन्धनमा भएका दलहरुको भागमा सिटको बाँडफाँड कसरि होला र त्यसबाट आउने भागबण्डामा आफू परिने हो वा यसपालिलाई भाग पुगेन भनेर आफ्नो टिकट समेत हरिने हो केहि थाहा छैन।

शिर्षहरु र शिर्षका आसेपासेहरु नै के हो कसो हो भनेर अलमलिएको बेलामा यसरि समितितिर हल्लिने माननीयहरु टिकट नपाएर डल्लिने स्थिति नआउला भन्न सकिन्न। महाभियोगको छानबिन गरी सिफारिश गर्ने त्यति ठुुलो र गहन जिम्मेवारि दिँदा पनि पूरा गर्न नसकेको भन्ने बात लगाएर टिकट नदिइकन लात हानेपनि बोल्ने ठाउँ रहने अबस्था छैन। आखिर दल भित्रै प्रजातन्त्र हो कि लोकतन्त्र छैन भन्ने हल्लाले आफैंलाई पो पिरोल्ने हो कि भन्ने माननीयहरु पनि छन् रे भनेको सुुन्दा जनता जिल्ल परेका छन्।

दलहरुले समानुुपातिक उम्मेदवारहरुको सूचि बुुझाएपछि प्रतिनिधि सभाका माननीयहरुको म्याद समाप्त भएर निस्कृय भएपछि त्यसले पूरा नगरि अलपत्र छाडेका सबै कामहरु निस्कृय हुुने भएकोले महाभियोगपनि स्वतः निस्कृय हुुन गएपछि प्रधान न्यायमूर्ति पूरानै काममा फर्कने र आफूलाई महाभियोग लगाउनेहरुको बिरुद्धमा चर्कने कारणलेपनि गठबन्धनका माननीयहरु थर्कने अबस्था आउँछ कि भन्ने पनि छ।

प्रधान न्यायमूर्तिले इख लिएर केही न केही त पक्का गर्छन् भन्ने सबैलाई लागेको हुुन सक्छ। उसैपनि इख नभएको मान्छे र बिष नभएको सर्प काम लाग्दैन भन्ने उखान त्यसै बनेको त होइन होला।

उनी सर्बोच्च अदालतमा फर्के भने ललिता निवास र अरु केहि मुुद्दाको फैसला गरिदेलान् र बदला लिनेमा झरिदेलान् भन्ने डर सम्बन्धितलाई हुुने नै भयो। आफ्ना आसेपासेहरुका अगाडि माइक समातेर जति ठूलो स्वर गरे पनि अदालतबाट आफ्नो बिरुद्धमा फैसला भइदियो र आफूले सोचेभन्दा बिपरित गइदियो भने यसपालिको चुुनाव जितेर लाउँलाउँ खाउँखाउँ जस्तो लागेको बेलामा सजायँ भोगेर डल्लो पर्दै भबिष्य समेत चौपट होला भन्ने समेत डर हुुनसक्छ।

महाभियोगवाला सँस्था र ब्यक्तिहरु निस्कृय भएपछि अभियूुक्त नै सकृय हुुने भइहाले। कहिले सासुुको पालो कहिले बुुहारिको पालो भने जस्तो गरेर बदला लिने र जानेसम्मको दुुख दिने चलन चल्ने पो हो कि? अहिलेसम्म माननीय भएर यसलाई यसो गरिन्छ र उसो गरिन्छ भनेर कराउँदै हिँडेकोमा आफैं फसिने पो हो कि भनेर डराउँदै हिँड्न पर्ने अबस्था आउला जस्तो देखिन्छ।

बिदेशीको अह्रन खटनमा बनेको संबिधानको आडमा उभिएर जनताको ढाडमा मुुक्का हान्ने प्रयास गर्दा आउने परिणाम यही नै हो। आफ्नो आबश्यकताको सही पहिचान गरेर आफ्नै बुुद्धि लगाएर सँबिधान बनेको भए र त्यतिबेला जनताले दिएका सुुझावको कदर गरी जनतापनि केही हुुन् भनेर गनेको भए अहिले आफूले खनेको खाल्डोमा यसरी आफैं जाकिन पर्ने थिएन होला। बिदेशीको डलर, आदेश, निर्देशन, धम्की, प्रलोभन र त्रासलाई सहर्ष शिरोपर गरी संबिधान बन्न पुुगेको हुुनाले यसले ककसलाई कहाँकहाँ पुुर्याउने हो कसैलाई थाहा छैन।

गठबन्धन गरेर मरिमेट्दा पनि स्थानीय चुुनावमा भनेजसरी र सोचेजसरी जित्न नसकेको गठबन्धनले आम चुुनावमा पनि यही बिधि नअपनाए बढारिने डरले अरुले जति कुुरा काटे पनि वा जति जिस्काएपनि लाज शरम सबै पचाएर निर्दलीय शैलीमा चुुनाव लडेर भोटको थैली भर्ने ज्यादै लोकतान्त्रिक र प्रजातान्त्रिक अभ्यासलाई कायम राख्ने योजना गर्नुु ज्यादै राम्रो हो।

महाभियोगलेपनि चुुनावमा नकारात्मक असर पर्ला र गठबन्धन गर्दागर्दै पनि जित्ने सांसदहरुको संख्या तलतिर झर्ला भन्ने डरले शिर्ष नेताहरु बर्बराउन थालिसकेका छन्। अघिल्लो चुुनावमा बोलेका र कहिल्यै पूरा गर्न नपर्ने घोषणा पत्रमार्फत खोलेका बिचारहरुमा जोडतोडका साथ उल्लेख भएका कुुनैपनि काम हुुन सकेको नदेखिएको हुुनाले यसपालिको चुुनावमा के भनेर भोट माग्ने होला भन्ने सबैलाई लागेको छ।

आफैंले बनाएको सँबिधान अनुुसार एउटै काम नगरेर पाँचबर्षे कार्यकाल मनाएको र अबको चुुनावमा भोट पाए बाँकि रहेका सबै काम पूरा गर्छौँ भनेर जनाएको प्रतिबद्धतामा जनताको बिश्वास छैन जस्तो देखिन्छ। पँचायतले शासन गरेको भन्दापनि बढि समय शासन गर्दापनि त्यही समयमा बनेका संरचनाभन्दा थप केही बन्न र त्यसपछि यो यो बने भनेर गन्न नसक्नुुलाई जनताकै कमजोरिको रुपमा लिन पर्छ।

उसैपनि जनता जस्ता हुुन्छन् नेताहरुपनि त्यस्तै हुुन्छन् भनेर नेताहरुले बेलाबेलामा भनेको सुनिएकै छ। जुुनसुुकै कुुरामापनि बिदेशीको मुुख ताक्ने र भेटेसम्म नगद जति आफ्नै खल्तीमा जाक्ने अनि जनताको काम गर्न पर्यो भने पहिलेबाटै थाक्ने गरेर आधाभन्दा बढी जिन्दगी बिताएका नेताहरुबाट अब केही होला भनेर जनतालेपनि चिताएका छैनन् जस्तो देखिन्छ।

गरेका फैसला, बिचौलियाहरुको प्रयोग, हाल जोडेको सम्पत्तिको अनुुपात, हरेक क्षेत्र र ठाउँमा खोजेको र रोजेको भागबन्डा आदिलाई केलाउने अनि यसो दिमाग खेलाउने हो भने अहिलेसम्म भएका प्रधान न्यायमूर्तिहरु मध्ये सबैभन्दा भ्रष्ट भनेर प्रष्ट रुपमा चिनिइसकेका ब्यक्तिलाई सारै फितलो किसिमको महाभियोग लगाएर दुनियाँ हसाउनु नै सांसदहरुको क्षमता र स्तरको ज्वलन्त उदाहरण हो।

चुुनाव घोषणा भएपनि संसदको म्याद थप्ने र अलि बढी समयसम्म भत्ता र सुुबिधा खान पाइयोस भनेर जप्ने प्रयास पनि एकदुई दिनमै तुहिएको देख्दा शिर्षहरुको दिमाग नै कुहिएको भनेर आरोप लगाउनेको कुरा सुनेर केही फाइदा छैन।

कहिले के कहिले के जस्ता प्रस्ताव र बिधेयकहरु ल्याएर अनि यस्तै बहुुलट्ठि कामहरु गर्दै रकम भ्याएर केही नगरी हामी सर्बेसर्बा हौँ भनेझैं गरेर अरु सबैलाई हकार्दै शानदार पाँच बर्षको समय बिताउनुु र फेरि यसरी नै सांसद भएर पेट फुुट्ने गरि डकार्दै हिँड्न चिताउनुु स्वाभाबिक नै हो। यसलाई जनताले सामान्य हिसाबले नै लिइदिएका र सबै कुुरा राम्ररी देखेपनि आफ्ना प्रिय नेताहरुको कुुरा काट्न पर्ला भनेर आफ्नो मुुख चाहिँ सिइदिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *