राष्ट्रपतिको पुत्ला दहन गर्न खोज्दा विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान (फोटो फिचर)

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ। घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी र प्रहरीबीच आइतबार बिहान ढुंगा हानाहान भएको हो।
नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै त्यसको विरोधमा विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीलाई रोक्न पुगेको प्रहरीबीच झडप भएको हो।
भिडियो:
प्रतिक्रिया
Facebook Comment