महिला साफ च्याम्पियनसीपः पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि

डिसी नेपाल
२७ भदौ २०७९ १८:३६

काठमाडौं । महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ ।

त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक\एक गोल गरे ।

सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *