लमजुङमा दुई वर्षपछि नयाँ भाडादर निर्धारण

लमजुङ । लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो ।
जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील बैद्यको भनाइ छ ।
यातायात संचालन भइरहेका कतिपय सडकहरूमा भाडा दर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो । गुनासो आएपछि स्थानिय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरि भाडा दर कायम गरेको हो । नयाँ भाडा दर आगामी असोज १ अर्थात शनिबार देखि कार्यन्वन गर्न समितिको बैठकले सम्वन्धीत सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।
बैठकले सदरमुकाम बेसीशहर देखि राजधानी काठमाण्डौ लगायत पोखरा, चितवन, विरगन्ज, सुनौली लगायत अन्य जिल्लाका लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामिण सडकहरुमा समेत नयाँ भाडा दर निर्धारण गरेको हो ।
सदरमुकाम बेसीशहर देखि लामो तथा छोटो दुरीका गरी एकसय ३३ गन्तव्यहरुमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
नयाँ भाडा दर अनुसार न्युनतम २५ रुपैया देखि जिल्ला भित्रका लागी सातसय ६० रुपैया सम्म कायम भएको छ ।
जिल्ला भित्र सवैभन्दा बढी भाडा पाउदी देखि दुधपोखरीको भुम्लीचोक सम्म सातसय ६० रुपैया कायम भएको छ । जिल्ला बाहिर मनाङ सदरमुकाम चामे सम्म एकहजार पाँचसय र सुनौली सम्मका लागि नौसय, विरगंजका लागि आठसय ५० कायम भएको छ ।
त्यसैगरी काठमाण्डौका लागि माईक्रोमा सातसय १०, ठूलो बसमा ६ सय ५० नयाँ भाडादर कायम भएको छ ।
पोखराको लागि पाँचसय रुपैया, नारायणगढका लागि माईक्रोमा चारसय ७५, ठूलो बसमा चारसय रुपैया कायम भएको छ । जिल्लाकै पुरानो सदरमुकाम कुन्छा देखि काठमाण्डौ सम्मको माईक्रो भाडा भने आठसय रुपैया कायम भएको छ ।
Facebook Comment