अमुक र अदृष्य शक्ति चंगुलमा नेपाल
अमुक शक्ति त्यो हो, जो पर्दा पछाडि बसेर राज्यको हरेक निकायमा आफ्नो प्रभाव जमाएर मुलुकको बिकाशका संरचनालाई आफ्नो पकडमा राखेर आफू अनुकुल सञ्चालन गर्छ। यो शक्ति देशको बिखालु भाइरसको रुपमा सधैं राज्य संयन्त्र वरिपरी घुमी रहेको हुन्छ, जसलाई राज्यका बुद्धिमान र बिबेकी व्यक्तिले सुक्ष्म अध्ययनबाट अव्यक्त रुपमा नियाली रहेका हुन्छन्।
यही भाइरस हो, जसले देशलाई आफ्नो अनुकुल अनुसार कहिले माथि उठाए जस्तो गर्ने र आफ्नो अनुकुल बिपरित भएमा राज्यलाई सधैं अध्यारो गुफामा धकेली यथास्थितिमा नै राज्यलाई स्थापित गरिरहने हुन्छन्।
अझ हाम्रो जस्तो अल्पविकसित र सानो मुलुकमा सधैं अदृष्य शक्ति हावी भइरहेको हुन्छ। नेपालीकै आवरणमा सधैं यहाँ अदृष्य शक्तिले राज्य संचरनामाथि कब्जा जमाउँदै आइरहेको छ। हाम्रो देशको शासन सत्ता सञ्चालन गर्ने व्यक्तिले समेत आफ्नो स्वेच्छाले शासन सत्ता सञ्चालन गर्न नसकेको विभिन्न उदाहारण छन्।
हाम्रो मुलुक त्यस्तो राज्य हो, जसलाई सधैं अमुक शक्तिले हत्केलामा राखर गोल चक्करमा फसाई बोल्नै नसक्ने र केही गर्ने नसक्ने बनाएर सारा अभियन्ता, वक्ता, नागरिक समाज, बुद्धिमान, इमान्दार र देशभक्त जनताहरुलाई सधैं आफू अनुकुल प्रयोग गर्ने गर्छ।
मुलुकमा हरेक दश-दश बर्षमा ठूला ठूला घटना र परिघटना घटाई देशलाई सधैं दलदलमा फसाई सयौं बर्षदेखि राज गरी आएका ती कुन अमुक र अदृष्य शक्तिहरुको झुण्ड हो? आज देशले पत्ता लगाउनु पर्ने बेला आएको छ। हामी देश बिगार्ने दोष विदेशी शक्तिलाई दिइरहेका छौं, यो हाम्रो ठूलो भ्रम हो।
हाम्रो देश न भारतले बिगारेको हो, न अमेरिका, बेलायत,रुस र चीनले बिगारेको हो। हाम्रो देश बिगार्ने हाम्रै देशभित्र सयौं बर्षदेखि पुरातनवादी, यथास्थितिवादी केही अमुक र अदृष्य शक्तिका झुण्डहरुले सरकारका हरेक अंगहरुमा घुसी धमिराले काठका मुढाहरुलाई खाएजस्तै गरी देशलाई सधैं शून्यतामै धकेली बिकाश र निर्माण र समृद्धिलाई सधैं मछिन्द्रको रथ तानेझैं अलि अलि तानी देशलाई सधैं यथास्थितिमा राखी रहने हाम्रै देशका अदृश्य शक्तिहरुको झुण्ड नै हो।
जसले बिपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मदन भण्डारी, पंचायती व्यवस्थाका कीर्तिनिधि बिष्ट, मरिचमान सिंह र श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रजस्ता राजाहरुलाई पनि पछारेर ती सब कालजयी सर्बश्रेष्ठ पुरुषहरुलाई पनि बिभिन्न्न कारणले ओझेलमा पार्दै कसैको हत्या समेत गरी देशलाई सधैं आफ्नो पकडमा राख्ने को हुन्? यो आज देशका अबका तेश्रो पुस्ताका नबयुबा युबतीहरुले पत्ता लगाउनुपर्छ।
त्यो कुन माफियाहरुको झुण्ड हो जसले राजनीति अर्थतन्त्र, ब्यापार र व्यवसायलाई आफ्नो पकडमा राखी रजगज गर्ने र देशलाई सधैं यथास्थितिमा राखेर आफ्नो स्वार्थ सिद्ध गर्ने को हुन्? जसले आज इमान्दार र बौद्धिक बर्गहरु किन उठ्न सकिरहेका छैनन्? हरेक पार्टीमा नेताहरुलाई कसले चलाइरहेको छ ?
यो देश सबैले बनाएकै हो। जगेर्ना पनि गरेकै हो आफ्नो आफ्नो शैलीमा। लिच्छवी कालदेखि बैभवताले नाम कमाएको यो देश विभिन्न काल समयमा नाटकीय शैलीमा विभिन्न घटना र परिघटनाहरुले हाबी भई कैयौं राजाहरु मारिए। कैयौं कासी गए। कोत काण्ड मच्चियो। हत्या र हिंसाले जरो गाड्यो। राणा फालियो, प्रजातन्त्रको बिकुल फुकियो, नेताहरु सल्बलाउन थाले। राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको दश वर्षमा उनी मरे वा मारिए, त्यो थाहा छैन।
त्यसपछि राजा वीरेन्द्रको हातमा शासन सत्ता पुग्यो। वीरेन्द्र एक विद्वान राजा थिए। शान्ति क्षेत्रको प्रस्ताव, २०४७ सालको प्रजातान्त्रिक पद्धतिको संबिधान बन्नुमा राजा वीरेन्द्रको देन थियो। तर एक त्यस्तो अमुक शक्तिको भुत बनि देशमा तहस नहसको बातावरण सृजना गरी उत्कृष्ट भनिएको २०४७ सालको संबिधानलाई अस्वीकार गर्दैदेशलाई झन् गम्भीर मोडमा लैजान २०५२ सालमा माओबादी जनयुद्धको घण्टी बजाए।
हजारौं निरपराध नेपालीको ज्यान लिए। राज्यलाई थर्काए। सबै अर्थतन्त्र, राजनीति र धर्म र संस्कृतिमा गिद्धे नजर लगाई सबै तहस नहस पार्ने काम भयो। २०५८ सालमा राजा बीरेन्द्रको समुल वंश नाश भयो। २०६२/०६३ को जनआन्दोलन भयो। लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्ष्यताको र जातीयवादको नारा अघिसारेर देशलाई भयानक युद्धको भूमरीमा हाल्ने काम भयो।
देश आर्थिक हिसाबले टाट पल्टियो। ऋणमा चुर्लुम्ब डुब्यो। राजनीति टुकुचाको पानि जस्तो गन्हायो। सम्पूर्ण अर्थतन्त्र र ब्यापार ब्यवसाय धारासायी भयो। आज देश फेरि शुन्यतामा अल्झी रहेको छ। आखिर यो अबस्थामा देशलाई ल्याउने अमुक र अदृश्य शक्तिको झुण्डहरु को को हुन् त?
त्यो कुन माफियाहरुको झुण्ड हो जसले राजनीति अर्थतन्त्र, ब्यापार र व्यवसायलाई आफ्नो पकडमा राखी रजगज गर्ने र देशलाई सधैं यथास्थितिमा राखेर आफ्नो स्वार्थ सिद्ध गर्ने को हुन्? जसले आज इमान्दार र बौद्धिक बर्गहरु किन उठ्न सकिरहेका छैनन्? हरेक पार्टीमा नेताहरुलाई कसले चलाइरहेको छ ?
एउटा सपेराले सर्प नचाए जस्तो, यो कुराको खोजी गर्ने पर्दछ, नत्र देश सधैं भूमाफिया, अर्थमाफिया, जलमाफिया, राजनीतिक माफिया र पुरातनपन्थी र यथास्थितिबादी माफियाको झुण्डले सधैं एउटै गोलचक्करमा रहिरहने र देशमा प्रजातान्त्रिक समाजबादको उदय हुने विषय कल्पनामा मात्र सीमित रहने निश्चित छ।
Facebook Comment