नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसका ४ सय ९५ खेलाडी

डिसी नेपाल
२५ असोज २०७९ ८:०६

काठमाडौं। पोखरामा हुन गईरहेको नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडीले सहभागी जनाउने भएका छन्।

नेपाल प्रहरीका अनुसार ४ सय ९५ खेलाडीका लागि ९२ जना अफिसियल गरी कुल ५ सय ८७ जनाले सो खेलकुदमा भाग लिनेछन्।

जसअनुसार नेपाल पुलिस क्लबले एथलेटिक्स, क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो-खो, गल्फ, जुडो, टेबल–टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल, बुद्धिचाल, भलिवल, भारोत्तोलन, रग्बी लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *