नवौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपिएफ र मधेस प्रदेश विजयी

डिसी नेपाल
२७ असोज २०७९ २२:५२

कास्की । नवौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज सशस्त्र प्रहरी बलको एपिएफ र मधेस प्रदेश विजयी भएका छन् । पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।

एपिएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो । पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले एक सय छ बल बाँकी रहँदै प्राप्त ग¥यो । एपिएफकोतर्फबाट सीता रानामगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडे। इन्दु वर्माले तीन बलमा दुई चौकासहित नौ रनको योगदान दिइन् ।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८।२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन्। सृष्टी जैसीले बनाएको पाँच रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।

एपिएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले तीन ओभरमा चार रन खर्चिएर दुई विकेट लिइन् । त्यस्तै सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले एक–एक विकेट लिए । गण्डकीका सृष्टी जैसीले एक विकेट लिएका थिए । जीतसँगै एपिएफ ग्रुप ए को शीर्षस्थानमा पुगेको छ । एपिएफले दुई खेलमा दुई जीत हासिल गर्दै चार अङ्क जोडेको छ ।

दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै विजयी भयो । पहिले व्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९१ रनको योगफल तयार ग¥यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले आठ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेस प्रदेश विजयी भएको हो ।

आजको खेलमा मधेस प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भए । उनले मधेसका लागि ३५ रनको योगदान दिए । त्यस्तै गोमा आलेले १० रन बनाइन् । मधेसका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान दुई÷दुई विकेट हात पारे । सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवि पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *